फ्रेन्च लिग वान

पिएसजीलाई ६ अंकको अग्रता

पेरिस । ट्रोयसमाथि ३१ को जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार ३-१ को जितसहित फ्रेन्च लिग वानको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ । 

केही दिन अघि मात्र पिएसजीले अनुमतीविना साउदी अरेबियाको भ्रमण गरेको भन्दै अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । त्यस्तै पिएसजीका समर्थकले नेइमारको घरअघि पनि विरोध प्रदर्शन गरेका थिए । 

खेलको आठौं मिनेटमा किलियन एमबाप्पेले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई खेलमा फर्काएका थिए । 

८३औं मिनेटमा काभार्लिनले ट्रोयसलाई खेलमा फर्काउने संकेत गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा फाबियान रुइजले पिएसजीका लागि तेस्रो गोल गरेका थिए ।

पिएसजी ३४ खेलमा ७८ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ६ अंक बढी हो ।