कतार विश्वपकप २०२२

विश्वकप फाइनलः पहिलो हाफमा अर्जेन्टिनालाई दुई गोलको अग्रता

दोहा।  कतार विश्वपकप २०२२ को फाइनलको पहिलो हाफ सकिँदा अर्जेन्टिना साबिकको विजेता फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

लुसेल स्टेडियममा अर्जेन्टिनालाई अग्रता दिलाउन कप्तान लियोनल मेसी र एन्जल डि मारियाले समान एक गोल गरे ।

खेलको २३ औं मिनेटमा मेसीले पेनजाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।  पेनाल्टी क्षेत्रमा ओस्मान डेम्बेलेले  एन्जल  डि मारियालाई  लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो त्यसमा मेसी चुकेनन्  ।

३६ औं मिनेटमा डि मारियाले अर्जेन्टिानको अग्रता दोब्बर बनाए ।

यससँगै  मेसी विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी पनि बनेका छन ।  मेसीले जर्मनीका लोथर माथियस (२५)लाई पछि पारेका हुन । 

छैटौंपटक फाइनल खेल्न लागेको अर्जेन्टिना फ्रान्सलाई हराउँदै तेस्रो उपाधि जित्ने लक्ष्यमा छ ।   यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना १९३०,१९९० र २०१४ मा उपविजेता बनेको थियो ।  

फ्रान्स पनि अर्जेन्टिानलाई स्तब्ध पार्दै सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ ।  सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो ।

यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

अर्जेन्टिना र फ्रान्सले विश्वकपमा हासम्म तीन खेलमा एक अर्ककाको सामना गरेका छन । जसमा अर्जेन्टिना दुई र फ्रान्स एक खेलमा विजयी भएका छन ।