दोहा । अर्जेन्टिनाका पूर्व खेलाडी गाब्रियल बाटिस्टुटाले कप्तान लियोनल मेसीले आफ्नो कीर्तिमान तोड्दा दुःख नलागेको बताएका छन ।
कतार विश्वप २०२२ अन्तर्गत सेमिफाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै मेसी अर्जेन्टिनाका लागि विश्वपकमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए ।
मेसीले पाँच विश्वपमा ११ गोल गर्दै बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका थिए ।
‘मेसीले मेरो कीर्तिमान तोडे । यसमा कुनै दुःख लागेको छैन’ बाटिस्टुटाले भने‘ यो कीर्तिमान तोड्न लायक मेसी नै थिए । मेसीसँग अझै माथिसम्म पुग्न सक्ने क्षमता छ ।’
मेसीको उत्कृष्ट प्रदर्शनपेरित अर्जेन्टिनाले आइतबार फाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्दैछ । ३५ वर्षिय मेसीले टोलीका लागि पाँच गोल गर्नुका साथै तीन गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।
बाटिस्टुटाले यसपटक अर्जेन्टिनाले विश्वकपको उपाधि जित्नेमा आशावादी रहेको बताएका छन ।
‘मलाई आशा छ यसपटक अर्जेन्टिना उपाधिका साथ फर्किने छ । मेसी अझै पनि युवा हुँदाको जस्तै प्रदर्शन गरिरहेका छन,’ बाटिस्टुटाले भने‘ मेसीमा जितको भोक छ त्यसैले कुनै पनि हातलमा विश्वकप जित्न चाहन्छन । मेसी पूरा टोलीका लागि प्रेरणका स्रोत हुन ।’