वासिङ्टन सुन्दर

चहरको स्थानमा वासिङ्टन सुन्दर

दिल्ली । दीपक चहर दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २०मा घाइते भएपछि एकदिवसीय गुमाउने भएका छन् । उनको स्थान अब वासिङ्टन सुन्दरले लिने भएका छन् ।

सुन्दरले सन् २०२२ फेब्रुअरीमा भारतीय टिमबाट एकदिवसीय खेलको थिए । त्यो बेलाका चार खेलमा उनले पाँच विकेट लिएर ५७ रन खर्चेका थिए ।

चहर भने उपचारका लागि बेङ्गलुरुस्थित नेसनर क्रिकेट एकेडेमी जाने भएका छन् । शृंखलामा भारत १–० ले पछि परेको छ । भारतले अफ्रिकासँग ९ अक्टोबरमा राँचीमा र १० अक्टोबरमा दिल्लीमा एकदिवसीय खेल्ने छ ।

भारतीय टिमः शिखर धवन (कप्तान), रितुराज गइकवाड, शुबमन गिल, श्रेयस ऐयर, रजत पाटिदार, राहुल त्रिपाठी, इशान किशान, सन्जु सेमसन, शाहबाज अहमद, शार्दुल ठाकुर, कुलदिप यादव, रवी विश्नोइ, मुकेश कुमार, अभेश खान, मोहमद सिराज, वासिङ्टन सुन्दर ।