कार्तिक २४, २०८२ सोमबार | १०:४९:२२
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

मलेसियासँग नेपालको हार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासँग १३ रनको पराजय बेहोरेको छ । हारसँगै पाँच खेलको शृंखलामा नेपाल २–१ ले पछाडि परेको छ ।

आइतबार वयुएमास ओभल रंगशालामा सम्पन्न खेलमा मलेसियाले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै मात्र १०७ रन जोड्न सक्यो ।

नेपालका लागि रुवी पोद्दरले ३७ बलमा सर्वाधिक ३१ रनको योगदान गरिन् । त्यस्तै कप्तान इन्दु वर्मा २२ रनमा अविजित रहँदा सम्झना खड्काले १८ रन जोडिन् ।

मलेसियाका लागि अइस्या एलीसा फिर्दोउज र नुर डानिया स्युहदाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको मलेसियाका लागि एना हमिजाह हासिमले ५८ बलमा ६१ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै मास एलेसाले ३० रन बनाउँदा वान जुलियाले १६ रनको योगदान गरिन् ।

नेपालका लागि कविता कुंवर र कविता जोशीले समान दुई विकेट लिए ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटको विजयी हासिल गरेको थियो ।

नेपालले आगामी जनवरीमा घरेलु मैदानमै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेल्दैछ । त्यसैको तयारीका लागि टोली मलेसिया पुगेको हो ।
 


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन