काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीलाई मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार बायाेमास ओभलमा टस जितेर ब्याटिङ राेजेकाे मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनायो ।
मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६, ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाएका थिए । उसले अतिरिक्त ११ रन प्राप्त गरेको थियो ।
नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका थिए । पुजा महतो, रिया शर्मा, सिता रानामगर, मनिषा जोशी र राजमती ऐरी भने विकेट विहिन भए ।
मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच खेलकाे ट्वान्टी-२० शृंखला खेलिरहेकाे छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
