काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीलाई मलेसियाले अन्तर्राष्ट्रिय महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार बायाेमास ओभलमा टस जितेर ब्याटिङ राेजेकाे मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनायो ।
मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६, ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाएका थिए । उसले अतिरिक्त ११ रन प्राप्त गरेको थियो ।
नेपालको लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएका थिए । पुजा महतो, रिया शर्मा, सिता रानामगर, मनिषा जोशी र राजमती ऐरी भने विकेट विहिन भए ।
मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच खेलकाे ट्वान्टी-२० शृंखला खेलिरहेकाे छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll