काठमाडौं । किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार एफसी कैरातविरुद्ध ५-० को एकतर्फी जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित कैरात विना अंक पुछारमा छ ।
पावलोडर सेन्ट्रल रंगशालामा रियाललाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा एडुआर्डो कामाभिङ्गा र ब्राहिम डियाजले समान एक गोल थपे ।
खेलको २५औं मिनेटमा एमबाप्पेको पेनाल्टीगोलमार्फत रियालले अग्रता लिएको थियो । उनलै ५२ र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
कामाभिङ्गाले ८३औं मिनेटमा गोल गर्दा रियाल ४-० ले अगाडि बढ्यो । इन्जुरी समयमा डियाजले रियालका लागि पाँचौं गोल गरे ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
