काठमाडौं । किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार एफसी कैरातविरुद्ध ५-० को एकतर्फी जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । दुवै खेलमा पराजित कैरात विना अंक पुछारमा छ ।
पावलोडर सेन्ट्रल रंगशालामा रियाललाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा एडुआर्डो कामाभिङ्गा र ब्राहिम डियाजले समान एक गोल थपे ।
खेलको २५औं मिनेटमा एमबाप्पेको पेनाल्टीगोलमार्फत रियालले अग्रता लिएको थियो । उनलै ५२ र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
कामाभिङ्गाले ८३औं मिनेटमा गोल गर्दा रियाल ४-० ले अगाडि बढ्यो । इन्जुरी समयमा डियाजले रियालका लागि पाँचौं गोल गरे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll