काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा बुधबार सिकागो फायर एफसीसँग ५-३ को हार बेहोरेको थियो ।
जितसँगै ३२ खेलमा ५१ अंक जोडेको सिकागो इस्टर्न कन्फिरेन्सको आठौं स्थानमा छ । पराजित मियामी ३१ खेलबाट ५६ अंकका साथ चौथो स्थानमा छ ।
चेज रंगशालमा पाहुना टोली सिकागाेलाई जित दिलाउन जे डि’अभिल्ला, जोनाथन डिन, रोमिनिगु कौमे, जस्टिन प्लेजर रेनोल्ड्स, ब्रायन गुटिएरेजले गोल गरे । मियामीका लागि लुइस स्वारेजले दुई र टोमास एभिलेसले गोल फर्काए ।
खेलको ११औं मिनेटमा डि’अभिल्लाको गोलमार्फत सिकागोले अग्रता लिएको थियो । ३१औं मिनेटमा डिनले टोलीको अग्रता दोब्बर बनाए ।
एभिलेसले ३९औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ४३औं मिनेटमा कौमेले सिकागोका लागि तेस्रो गोल गरे ।
स्वारेजले ५७ र ७४औं मिनेटमा गोल गर्दा मियामीलाई ३-३ को बराबरीमा ल्याए । ८०औं मिनेटमा रेनोल्ड्सले गोल गर्दा सिकागो ४-१ ले अगाडि बढ्यो ।
त्यसको तीन मिनेटपछि नै गुटिएरेजले गोल गर्दा सिकागो ५-३ ले विजयी भयो ।