आश्विन १६, २०८२ शुक्रबार | ०४:१९:२२
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

नेपाल पहिलो खेलमै मलेसियासँग पराजित

काठमाडौं । नेपाल घरेलु टोली मलेसियासँग अन्तर्राष्ट्रिय महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा तीन रनले पराजित भएको छ ।

जितसँगै मलेसियाले पाँच खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । 

बिहीबार मलेसियाको बायुमास ओभलमा अन्तिम ओभरमा सात रन चाहिएको अवस्थामा नेपालले मात्र तीन रन जोडेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित-२० ओभरमा पाँच विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा भ्रमणकारी टोली नेपालले सात विकेट गुमाउँदा मात्र १०१ रन बनायो ।

नेपालको लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीको नाममा १३ रन रह्यो । मलेसियाको लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

यसअघि पहिलो इनिङ्समा मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन् । उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन् । ओपनर ऐना हमिजा हसिमाले २६,  मास ऐसाले २५ रन बनाएका थिए । उसले अतिरिक्त ११ रन प्राप्त गरेको थियो । मलेसियाको इनिङ्समा कुनै छक्का प्रहार नहुँदा सात चौका भएको थियो ।

नेपालको लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन् । उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिइन् । पूर्व कप्तान रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन् । त्यस्तै, पुजा महतो, रिया शर्मा, सीता रानामगर, मनिषा जोशी र राजमती ऐरी भने विकेट विहिन भए।

मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच खेलकाे ट्वान्टी-२० शृंखला खेलिरहेकाे छ। 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll