फाल्गुन २६, २०८२ मंगलबार | ०९:४३:४४
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

नेपाल पहिलो खेलमै मलेसियासँग पराजित

काठमाडौं । नेपाल घरेलु टोली मलेसियासँग अन्तर्राष्ट्रिय महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा तीन रनले पराजित भएको छ ।

जितसँगै मलेसियाले पाँच खेलको शृंखलामा १-० को अग्रता बनाएको छ । 

बिहीबार मलेसियाको बायुमास ओभलमा अन्तिम ओभरमा सात रन चाहिएको अवस्थामा नेपालले मात्र तीन रन जोडेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित-२० ओभरमा पाँच विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा भ्रमणकारी टोली नेपालले सात विकेट गुमाउँदा मात्र १०१ रन बनायो ।

नेपालको लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीको नाममा १३ रन रह्यो । मलेसियाको लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

यसअघि पहिलो इनिङ्समा मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन् । उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन् । ओपनर ऐना हमिजा हसिमाले २६,  मास ऐसाले २५ रन बनाएका थिए । उसले अतिरिक्त ११ रन प्राप्त गरेको थियो । मलेसियाको इनिङ्समा कुनै छक्का प्रहार नहुँदा सात चौका भएको थियो ।

नेपालको लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन् । उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिइन् । पूर्व कप्तान रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन् । त्यस्तै, पुजा महतो, रिया शर्मा, सीता रानामगर, मनिषा जोशी र राजमती ऐरी भने विकेट विहिन भए।

मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच खेलकाे ट्वान्टी-२० शृंखला खेलिरहेकाे छ। 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||