आश्विन १९, २०८२ सोमबार | ०५:२२:२३
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो

काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियर र फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियाल मड्रिडले भिलारियालविरुद्ध ३–१ को जित हासिल गरेको छ ।

शनिबार मध्यराति सान्टियागो बर्नाबाउमा सम्पन्न आठौं चरणको खेलमा भिनिसियसले दुई तथा एम्बाप्पेले एक गोल गरे । तीनवटै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दुई गोलले पछाडि परेको अवस्थामा भिलारियालका लागि स्ट्राइकर जियोर्जेस मिकाउताड्जेले एक गोल फर्काएका थिए ।

जितसँगै एक खेल कम खेलेको बार्सिलोनालाई उछिन्दै रियाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियालले कूल २१ अंक जोडेको छ । जुन बार्सिलोनाको भन्दा दुई अंकले बढी हो । १६ अंकका साथ भिलारियाल तेस्रो स्थानमा छ ।

आइतबार राति बार्सिलोनाले सेभियासँग खेल्ने तालिका छ । खेल नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll