काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लण्डन प्रतिद्धन्द्धी वेस्ट ह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै आर्सनल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार इमिरेट्स रंगशालामा सम्पन्न सातौं चरणको खेलमा आर्सनललाई जित दिलाउन मिडफिल्डर डेक्लन राइस र विंगर बुकायो साकाले गोल गरे ।
खेलको ३८औं मिनेटमा राइसले आफ्नो पूर्व क्लबविरुद्ध अग्रता दिलाए । ६७औं मिनेटमा साकाले पेनाल्टीमार्फत अग्रतालाई दोब्बर बनाएका हुन् ।
शनिबार स्टाम्फर्ड ब्रीजमा लिभरपुलले इन्जुरी समयको अन्तिम मिनेटमा आफूलाई सम्हाल्न नसक्दा लिभरपुल चेल्सीसँग २–१ ले स्तब्ध भएपछि आर्सनललाई फाइदा पुगेको हो । लगातार दोस्रो हार बेहोरेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । लिभरपुललाई एक अंकले उछिन्दै आर्सनल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll