आश्विन १९, २०८२ सोमबार | ०५:१२:०८
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको दुई लेगका लागि नेपाली टोलीको घोषणा भएको छ ।

आइतबार मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक छनोट टोलीबाट १० खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ सदस्यीय टोली तयार पारेका हुन् ।

रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । १२ दिनको प्रारम्भिक छनोटपछि १० खेलाडी बाहिरिएका हुन् । गत सेप्टेम्बर ६ मा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो टोलीबाट ६ खेलाडी अहिले समावेश छैनन् ।

बंगलादेशविरुद्ध टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा यसपाली टोलीमा छैनन् । यीमध्ये रक्षक रन्दीप र अट्याकिङ मिडफिल्डर सृजनराज प्रारम्भिक छनोटमै बोलाइएको थिएन । बाँकी ४ खेलाडी भने अन्तिम टोलीमा नअटाएका हुन् ।

टोलीमा गोलकिपर विशाल सुनार, रक्षकहरु विमल पाण्डे, सनीस श्रेष्ठ र सुमित श्रेष्ठ अनि अट्याकिङ मिडफिल्डरद्धय कृतिशरत्न छुन्जु र आयुष घलानले पुनरागमन जनाएका छन् । यी सबै खेलाडी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलमा टोलीमा थिए । सनीस बंगलादेशसँगको खेलका दौरान घाइते थिए । सुमित, कृतिश र आयुष भने यु-२३ एसियन कप छनोट प्रतियोगिताका लागि ताजकिस्तानमा थिए ।

राष्ट्रिय यु-२३ टोलीका अन्य सदस्य मिडफिल्डर सन्तोष खत्री र स्ट्राइकर निराजन धामी भने सिनियर टोलीमा अटाएका छैनन् ।

समूह ‘एफ’मा रहेको नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । अक्टोबर १४ मा हुने दोस्रो लेग खासमा नेपालमा हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो अवसर गुमाएको हो ।

पछिल्लो खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर लाओसविरुद्ध २-१ को दूर्भाग्यजनक हार बेहोरेको थियो । त्यसअघि मलेसियाले नेपाललाई २-० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल हाल अंकतालिकाको पुछारमा छ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्ने सेट-अप छ । भियतनामविरुद्धको पहिलो लेगमा पराजय बेहोरे नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ ।

टोली मंगलबार भियतनाम प्रस्थान गर्ने तालिका छ ।

यो पनिः

https://kheladi.com/football/28013


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll