काठमाडौं । धेरैलाई थाहा भएकै हो, वेस्ट इन्डिज कुनै देश होइन् । यो त केही देश मिलेर बनेको क्रिकेट टिम हो । कतिपयलाई यसबारे थाहा नहुनु पनि सक्छ । सबैभन्दा पहिले यसैबारे जानकारी ।
त्यसो त वेस्ट इन्डिजमा धेरै देश सामेल छन्, तर प्रमुख हुन्, बारबाडोज, जमैका, सेन्ट लुइस, ट्रिनिडाड एन्ड टोबागो र गुएना । कुनै समय विश्व क्रिकेटमा यही वेस्ट इन्डिजको एकछत्र प्रभुत्व थियो, विशेषतः सन् सक्तरीदेखि नब्बेको दशकसम्म ।
टेस्ट क्रिकेटमा यो टिम अजय जस्तै थियो । यिनका फास्ट बलर कति घातक हुन्थे भने विपक्षी ब्याटरलाई तिनको सामना गर्न पनि पसिना छुट्यो, रन बनाउने त परको कुरा । ब्याटर पनि उत्तिकै जब्बर हुन्थे ।
अहिले पनि पुरानो पुस्ताका नेपाली क्रिकेट प्रसंसकसँग कुरा गर्नु पर्छ, तिनको मुखबाट प्रसस्त सुन्न पाइन्छ, वेस्ट इन्डिजको त्यो जमानाको कुरा । सुरुमा वान डे र पछि ट्वान्टी ट्वान्टी क्रिकेटमा पनि वेस्ट इन्डिज टिम कम्तीको थिएन् ।
तर अचेल यस्तो छैन्, वेस्ट इन्डिज टिम । कमजोर छ । यसको स्तरमा अविश्वसनीय कमी आएको छ । जतिले वेस्ट इन्डिजको उत्कृष्ट समय देखेका थिए, अहिलेको समय देख्दा सबैलाई आश्चर्य लाग्दो हो ।
यो सबै चर्चा अहिले किन भन्दा नेपालले भर्खरै तीन ट्वान्टी ट्वान्टी खेलको सिरिज यही टिमविरुद्ध खेलेको छ । यूएईको सारजहामा भएको सुरुआती दुई खेल जितेर नेपालले सिरिज पनि जित्यो । अन्तिम खेल भने वेस्ट इन्डिजको नाममा रह्यो ।
तर यसक्रममा नेपालले पहिलो पटक टेस्ट मान्यता टिमलाई मात्र हराएर सिरिज पनि जित्न सफल रह्यो । चारैतर्फ यसको चर्चा भयो । नेपालमा त यसले अत्याधिक चर्चा पाउने स्वभाविक थियो । सबैले यसलाई ऐतिहासिक उपलब्धी माने । हो पनि । अझ केही अन्तर्राष्ट्रिय मिडियाले वेस्ट इन्डिज क्रिकेट कति धेरै कमजोर भयो भनेर पनि विश्लेषण गरे । त्यसो त वेस्ट इन्डिजले नेपालविरुद्ध उतारेको टिम पूर्णतः पहिलो रोजाईको पनि थिएन् ।
यति भन्दा भन्दै यो सिरिजको निचोड के हो भने नेपालले वेस्ट इन्डिज जत्तिको टिमलाई हराउन त सफल रह्यो, तर यसमै खुसी भएर घमण्डी हुने होइन्, खासमा नेपाली क्रिकेट हुनु पर्ने हो, वेस्ट इन्डिजप्रति कृतज्ञ ।
नेपाली क्रिकेटले कत्ति न के के न पायो भनेर मात्तिनै पनि होइन् । वेस्ट इन्डिज जत्तिको ऐतिहासिक विरासत भएको टिमले नेपालविरुद्ध खेल्नु नै ठूलो हो । उनीहरूले नेपालविरुद्ध मन ठूलो बनाएर खेलेकै हो भन्दा केही फरक पर्दैन् ।
नेपालको लागि यो सिरिज शिक्षा हो । अझ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भने जस्तै यो त नेपाली क्रिकेटको लगानी हो । जति बेला नेपालले आफू भन्दा केही ठूलो प्रतिद्वन्द्वी टिमलाई सामना गर्नेछ, त्यति बेला टिमले बढी आत्मविश्वास भएर खेल्न सक्नेछ ।
अब नेपाली टिमसँग पनि टेस्ट मान्यता प्राप्त टिमविरुद्ध खेल्ने मात्र होइन्, जित्ने विश्वास पनि हुनेछ । नेपाली टिमलाई यति बलियो बनाउन सहयोग गरेकोमा वेस्ट इन्डिज क्रिकेटलाई धन्यवाद दिनै पर्छ ।