मंसिर ५, २०८२ शुक्रबार | ००:१७:०७
‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी एनआइटिएफका पूर्व अध्यक्ष धमला सम्मानित धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने
शनिबारको दिन

क्रिकेटलाई बदनाम गर्नेहरू

काठमाडौं । दुबईमा भएको एसिया कप सकिएको पनि एक साता हुनै लाग्यो । तर अहिलेसम्म यसको चर्चा सेलाएको छैन् । चर्चा पनि के र, यसलाई कुचर्चा भन्दा हुन्छ कि ? फाइनलमा भारतले फेरि एकपल्ट पाकिस्तानलाई हरायो र ट्वान्टी ट्वान्टी ढाँचामा भएको प्रतियोगिता जित्यो ।

प्रतियोगितामा यो पाकिस्तानमाथि भारतको लगातार तेस्रो जित हो । त्यसैले भारतीय क्रिकेट अहिले मख्ख छ, पाकिस्तानलाई प्रतिद्वन्द्वीका रूपमा गन्न पनि छाडेको छ ।

तर, भारतले पाकिस्तानमाथि अनेक आरोप लगाउन छाडेको छैन् । कप्तान सूर्यकुमार यादवले उपाधि जितेकै दिन दाबी गरेका थिए, उनको टिमलाई ट्रफि थाप्ने अवसर नै दिइएन । फाइनल सकिएयताको कार्यक्रम सुरुमा एक घण्टा जति ढिला भएको थियो ।

त्यसमाथि सलमान आगा नेतृत्वमा रहेको पाकिस्तानी टिम पनि केही समय ढिलै मात्र आएको थियो । समापन समारोहका बेला जताततै अन्यौलता मात्र देखिएको थियो, केही पनि तय योजना अनुसार भइरहेको थिएन् ।

कार्यक्रम त्यति बेला झन ढिला भएको थियो, जति बेला भारतीय टिमले एसियाली क्रिकेट काउन्सिल (एसीसी) का प्रमुख मोहसिन नक्भीबाट ट्रफि थाप्न अस्विकार ग¥यो । नक्भी पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष पनि हुन् । यस्तै उनी पाकिस्तानमा आन्तरिक मन्त्री पनि हुन् ।

एसीसीको वेब सााइटमा शनिबार भनिएको थियो, ट्रफि नक्भीले नै दिनेछन् । भारतीय टिमको भने उनीबाट ट्रफि नलिने मनसाय रहेको थियो । खेलकै क्रममा पनि भारतीय खेलाडीले पाकिस्तानी समकक्षीसँग हात मिलाएनन् ।

प्रतियोगितामा यी दुई टिम तीन पल्ट भिडेकोमा कुनै पनि बेला दुई टिमका खेलाडीबीच हात मिलाउने काम भएन् । यो हात नमिलाउने काम टस हुँदा र खेलको अन्त्यको बेला दुवै पटक चलेको थियो । भारतीय टिमले नक्भीबाट ट्रफि लिन्न भनेपछि उनीले पनि कार्यक्रमको बेला मञ्चबाट तल ओर्लिन चाहेनन् ।

अझ कार्यक्रम सुरु हुन अगाडि मञ्चबाट ट्रफि पनि एक पदाधिकारीले हटाएका थिए । एसीसीले यस्तो किन गरियो भनेर पनि अहिलेसम्म कसैले भनेको छैन् ।

कार्यक्रम चलाइरहेका न्युजिल्यान्डका पूर्व खेलाडी तथा ब्रोडकास्टर साइमन डोलले कार्यक्रम सकाउँदै भने, ‘आदरणीय महिला र सज्जनवृंद । एसीसीले भारतीय टिमले आज राति ट्रफि लिन नचाहेको मलाई जानकारी दिएको छ । त्यसैले आजको समापन कार्यक्रम यहीं टुंगिन्छ ।’

यस अगाडि तिलकले ‘प्लेयर अफ द म्याच’ तथा अभिषेक शर्माले ‘प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड भने थापे, यस्तै कुलदीप यादवले पनि प्रतियोतिगामा आफ्नो उत्कृष्ट बलिङका लागि अवार्ड लिए ।

उनीहरू सबैले प्रतियोगिताको प्रायोजकबाट अवार्ड लिएका हुन् । त्यसक्रममा मञ्चमा उनीहरू तीनै जनाले नक्भीसँग हात भने मिलाएनन् । पाकिस्तानी टिमले भने बंगलादेशी क्रिकेट बोर्डका अध्यक्ष इमिनुल इस्लामबाट उप–विजेताको पदक लिए ।

यस्तै चेक भने नक्भीबाटै ग्रहण गरे । अन्त्यमा भारतीय टिमले ट्रफि र व्यक्तिगत पदक विना नै मञ्चमा विजेताको खुसीयाली मनाए । कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता कहिल्यै यस्तो भएको छ र ?

त्यसको केही दिनपछि नक्भीले भनेका छन्, ‘मैले भारतलाई ट्रफि दिन्न भनेर कहाँ भनेको छु र ? तर मेरो एउटा सर्त छ, भारतले यसका लागि अनुरोध गर्नु पर्छ ।’ पाकिस्तानका केही पुराना खेलाडीले भारतमाथि अनेक आरोप पनि लगाइरहेका छन् ।

दुई देशबीच मे महिनाको तनावपूर्ण सीमा विवाद र युद्धको स्थितिबीच एसियाकपकै लागि यी दुई टिम क्रिकेटको मैदानमा उत्रेका थिए । त्यही कारण इन्डियन प्रिमियर लिग र पाकिस्तानी सुपर लिग समेत केही दिनका लागि सार्नु परेको थियो ।

भारतीय खेलाडीले हात मिलाउन अस्विकार गरेपछि पाकिस्तानले प्रतियोगिता नै बहिस्कार गर्ने धम्की समेत दिएको थियो । यो सबै घटनाले केही भएको छ भने विश्व क्रिकेट आफैमा बदनाम भएको छ ।

यसमा दोष कसको त ? भारतको ? कि पाकिस्तानको ? अझ भनौं क्रिकेट खेल भनेकै यस्तै हो, जसले जे गरे पनि हुने । यहाँनिर इङ्लिस क्रिकेट खेलाडी केभिन पिटरर्सनले ठीकै भनेका छन्, ‘तिमीहरूलाई क्रिकेट खेल्नु छैन् भने नखेले । तर यो खेललाई अझ बदनाम भने नगर ।’