काठमाडौं । विकेटकिपर ब्याटर लिट्टन दासलाई बंगलादेशको ट्वान्टी-२० टोलीको कप्तान बनाइएको छ ।
उनले युएई र पाकिस्तानविरुद्धको शृंखलामा टोलीको नेतृत्व गर्नेछन् । लिट्टनले नज्मुल हुसेन शान्तोको स्थान लिनेछन् । शान्तोले वर्षको सुरुमा आफ्नो कप्तानी जिम्वेवारी छाडेका थिए ।
लिट्टनले गत डिसेम्बरमा वेस्ट इन्डिजमा भएको तीन खेलको ट्वान्टी-२० शृंखलामा पनि बंगलादेशको नेतृत्व गरेका थिए, जसमा ह्यामस्ट्रिङको चोटका कारण शान्तोले शृंखला गुमाएका थिए ।
बंगलादेशले घरेलु टाेली टोली वेस्ट इन्डिजविरुद्ध क्लिन स्विप गरेको थियो ।
लिट्टनले एक टेस्ट, सात एकदिवसीय र चार ट्वान्टी-२० अन्तर्राष्ट्रियमा बंगलादेशको नेतृत्व गरेका छन्, तर पहिलो पटक उनलाई कुनै पनि ढाँचामा पूर्णकालिन कप्तान नियुक्त गरिएको हो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
