चैत्र १६, २०८२ सोमबार | १५:२०:५५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

कोलकाताको रोमाञ्चक जित, प्लेअफ सम्भावना जिवितै

काठमाडौं । कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।

जितसँगै ११ खेलमा ११ अंक जोडेको कोलकाता छैटौं स्थानमा छ । पराजित राजस्थान १२ खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।

इडेन गार्डेन्डसमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि २०५ रन बनाए ।

राजस्थानका लागि कप्तान रियान परागले ४५ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले ३४, सिम्रन हेटमायरले २९, शुभम दुबेले अविजित २५ र  जोफ्रा आर्चरले १२ रन बनाए ।

कोलकाताका लागि मोइन अली, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई तथा वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल तयार पार्यो ।

कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ६ छक्का र चार चौकाको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी अंगक्रिश रधुवंशीले ४४, रहमनुल्लाह गुर्बाजले ३५, कप्तान अजिंक्य रहाणेले ३०, रिन्कु सिंहले अविजित १९ र सुनिल नारायणले ११ रन बनाए ।

चौथो विकेटका लागि आन्द्रे र अंगक्रिशले ६१ तथा दोस्रो विकेटका लागि अजिंक्य र रहमनुल्लाहले ५६ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि जोफ्रा आर्चर, युदवीर सिंह, महेश तिक्क्षणा र कप्तान रियान परागले समान एक विकेट लिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो