वैशाख २१, २०८२ आइतबार | १२:३८:१९
इन्टर मियामीको सहज जित गोदावरी मेयर कपः आइतबारका खेल स्थगित अल अहली च्याम्पियन अंक दूरी घटाउँदै इन्टर मिलान पिएसजीको पहिलो हार बार्सिलोनाको पुनरागमन जित चेन्नईविरुद्ध रोमाञ्चक जित निकाल्दै आरसिबी शीर्ष स्थानमा बराबरीमा रोकिए बायर्न र लाइपजिग आयोजक गोदावरीको सानदार सुरुआत आर्मीको लगातार दोस्रो जित इन्टर मियामीको सहज जित गोदावरी मेयर कपः आइतबारका खेल स्थगित अल अहली च्याम्पियन अंक दूरी घटाउँदै इन्टर मिलान पिएसजीको पहिलो हार बार्सिलोनाको पुनरागमन जित चेन्नईविरुद्ध रोमाञ्चक जित निकाल्दै आरसिबी शीर्ष स्थानमा बराबरीमा रोकिए बायर्न र लाइपजिग आयोजक गोदावरीको सानदार सुरुआत आर्मीको लगातार दोस्रो जित

चेन्नईविरुद्ध रोमाञ्चक जित निकाल्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौं । रोमाञ्चक जित निकाल्दै रोयल च्यालन्जर्स बैंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा फर्किएको छ ।

शनिबार चिन्नास्वामी मैदानमा आरसिबीले चेन्नई सुपर किंग्सविरुद्ध २ रनको जित निकाल्यो । यो जितले आरसिबीको प्लेअफ बलियो बन्यो । चेन्नईलाई खेल जित्न अन्तिम ओभरमा १५ रन चाहिएको थियो । तर, टोली त्यसमै चुक्न पुग्दा आरसिबीले दुई अंक जोडेको हो ।

पहिला ब्याटिङ गरेको आरसिबीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाउँदा २११ रन मात्रै बनायो ।

आरसिबी १६  अंकसहित शीर्ष स्थानमा फर्कियो । समान १४ अंक भएपछि मुम्बई इन्डियन्स  दोस्रो र गुजरात टाइटन्स तेस्रो स्थानमा छन् । चेन्नई भने चार अंकसाथ पुछारमा छ ।

चेन्नईको लागि ओपनर आयुष महात्रेले ४८ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ९४ रन बनाए । रविन्द्र जडेजाले ४५ बलमा ८ चौका र २ छक्कासहित ७७ रन जोडेका हुन् । जडेजा र आयुुषबीच तेस्रो विकेटको लागि सतकीय साझेदारी भयो । आरसिबीको लागि लुन्गी जिदीले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि पहिलो इनिङ्समा आरसिबीले बलियो स्कोर बनाउँदा विराट कोहलीसँगै तीन खेलाडीले अर्धसतक बनाए । कोहलीले ३३ बलमा समान पाँच छक्का र चौकासहित ६३ रन बनाएका हुन् ।

ओपनर ज्याकोव बेथेलले  पनि ३३ बलमै ८ चौका र  २ छक्कासहित ५५ रन बनाए । विस्पोटक वेष्ट इन्डियन रोमारियो सेफर्डले मात्र १४ बलमा ४ चौका र ६ छक्कासहित ५३ रन बनाएका हुन् । पहिलो विकेटको लागि कोहली र बेथेलले ९७ रनको साझेदारी गरेका थिए ।

चेन्नईको लागि मथिशा पथिरानाले ४ ओभरमा ३६ रन खर्चिँदा तीन विकेट लिएका थिए ।

आइतबार आइपिएलमा दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स तथा दोस्रो खेलमा पञ्जाव किंग्स तथा लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC