माघ ४, २०८२ आइतबार | ०१:३०:४८
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

चेन्नईविरुद्ध रोमाञ्चक जित निकाल्दै आरसिबी शीर्ष स्थानमा

काठमाडौं । रोमाञ्चक जित निकाल्दै रोयल च्यालन्जर्स बैंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा फर्किएको छ ।

शनिबार चिन्नास्वामी मैदानमा आरसिबीले चेन्नई सुपर किंग्सविरुद्ध २ रनको जित निकाल्यो । यो जितले आरसिबीको प्लेअफ बलियो बन्यो । चेन्नईलाई खेल जित्न अन्तिम ओभरमा १५ रन चाहिएको थियो । तर, टोली त्यसमै चुक्न पुग्दा आरसिबीले दुई अंक जोडेको हो ।

पहिला ब्याटिङ गरेको आरसिबीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाउँदा २११ रन मात्रै बनायो ।

आरसिबी १६  अंकसहित शीर्ष स्थानमा फर्कियो । समान १४ अंक भएपछि मुम्बई इन्डियन्स  दोस्रो र गुजरात टाइटन्स तेस्रो स्थानमा छन् । चेन्नई भने चार अंकसाथ पुछारमा छ ।

चेन्नईको लागि ओपनर आयुष महात्रेले ४८ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ९४ रन बनाए । रविन्द्र जडेजाले ४५ बलमा ८ चौका र २ छक्कासहित ७७ रन जोडेका हुन् । जडेजा र आयुुषबीच तेस्रो विकेटको लागि सतकीय साझेदारी भयो । आरसिबीको लागि लुन्गी जिदीले सर्वाधिक ३ विकेट हात पारे ।

यसअघि पहिलो इनिङ्समा आरसिबीले बलियो स्कोर बनाउँदा विराट कोहलीसँगै तीन खेलाडीले अर्धसतक बनाए । कोहलीले ३३ बलमा समान पाँच छक्का र चौकासहित ६३ रन बनाएका हुन् ।

ओपनर ज्याकोव बेथेलले  पनि ३३ बलमै ८ चौका र  २ छक्कासहित ५५ रन बनाए । विस्पोटक वेष्ट इन्डियन रोमारियो सेफर्डले मात्र १४ बलमा ४ चौका र ६ छक्कासहित ५३ रन बनाएका हुन् । पहिलो विकेटको लागि कोहली र बेथेलले ९७ रनको साझेदारी गरेका थिए ।

चेन्नईको लागि मथिशा पथिरानाले ४ ओभरमा ३६ रन खर्चिँदा तीन विकेट लिएका थिए ।

आइतबार आइपिएलमा दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स तथा दोस्रो खेलमा पञ्जाव किंग्स तथा लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate