मंसिर २६, २०८२ शुक्रबार | २०:२२:३९
काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न
शनिबारको दिन

आइपिएल भर्सेस पिएसएल, कुन ठूलो ?

काठमाडौं । केही समयअगाडि पाकिस्तानी क्रिकेटको नेतृत्वमा रमिज राजा थिए । उनले भनेका थिए, ‘पाकिस्तानी क्रिकेट चलेको पनि भारतकै कारणले हो ।’

उनको आशय के थियो भने विश्व क्रिकेटको जति पनि आम्दानी छ, त्यो लगभग पूरा पूरा भारतमै निर्भर छ । यो हो पनि । विश्व क्रिकेटले जति कमाउँछ, त्यसको ८० प्रतिशत हिस्सा भारतकै हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले त्यसैबाट पाकिस्तान क्रिकेटलाई सघाउने हो ।

तिनै राजाले भर्खरै एउटा बहस सुरु गरेका छन् । त्यो हो, इन्डियन प्रिमियर लिग (आइपिएल) ठूलो कि पाकिस्तानी सुपर लिग (पिएसएल) ? ठूलो के अर्थमा भन्दा कुनचाहिँ फ्रेन्चाइज क्रिकेट स्तरको आधारमा । पाकिस्तानी क्रिकेटका पूर्वकप्तान तथा ओपनरसमेत रहेका राजा मान्छन्, आइपिएलमा जतिसुकै तडकभडक भएता पनि जतिबेला स्तरको कुरा हुन्छ, त्यतिबेला राम्रो भनेकै पिएसएल नै हो ।

आइपिएल आर्थिक दृष्टिकोणले विश्व खेलकुदकै सबैभन्दा धनी लिगमा पर्छ । त्यसैले यो अर्थमा पिएसएल यसको छेउछाउ पनि पुग्दैन । जहाँसम्म स्तरको आधारमा छ, त्यसमा पनि आइपिएल नै अगाडि पर्ने गर्छ । 

उनले यति के भने विवाद अनि तर्कविर्तक सुरु भइहाल्यो । ठीक यही बेला दुवै प्रतियोगिता समानान्तर चलिरहेका छन् । अनि यतिखेर भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध पनि असाध्यै चिसिएको मात्र छैन, युद्धको स्थितिसमेत छ । पहलगाममा भएको आंतककारी आक्रमणपछि यो विषम परिस्थिति उत्पन्न हो । हामीले यहाँनिर कुरा गर्न लागेको यी दुई देशबीचको कटुतालाई लिएर होइन, बरू क्रिकेट कटुताको विषय नै हो । विशेषतः पाकिस्तानी मिडिया आफ्नो देशको पिएसएल पनि कम्तीको छैन भनेर लेख्दैमा व्यस्त छ ।

पाकिस्तान सुपर लिगमा प्रतिस्पर्धा गर्दै इस्लामाबाद युनाइटेड र पेसवर जालिम ।

पाकिस्तानी मिडियाको कामजस्तै बनेको छ । प्रत्येक खेलाडीलाई सोधिने प्रश्न हो, ‘तपाईंको विचारमा आइपिएल राम्रो कि पिएसएल ?’ पाकिस्तानमा खेलिरहेका अधिकांश खेलाडी के मान्छन् भने ठूलो त आइपिएल नै हो । उनीहरूको तर्क के छ भने आइपिएल अगाडि पिएसएल मात्र के ? अरू कुनै पनि फ्रेन्चाइज लिग आउँदैन । बाँकी सबै लिगको एउटै काम हो, आइपिएलपछि आफूमध्ये कुन दोस्रो हो भनेर प्रमाणित गर्ने ।

आइपिएल आर्थिक दृष्टिकोणले विश्व खेलकुदकै सबैभन्दा धनी लिगमा पर्छ । त्यसैले यो अर्थमा पिएसएल यसको छेउछाउ पनि पुग्दैन । जहाँसम्म स्तरको आधारमा छ, त्यसमा पनि आइपिएल नै अगाडि पर्ने गर्छ । भारतीय मिडियाको प्रश्न हुने गर्छ, कोही कसैलाई आइपिएल र पिएसएलमध्ये कुन रोज्ने हो भनेर सोध्ने हो भने उत्तर के हुने गर्छ होला ? यसको एउटै उत्तर हुने गर्छ । यो हो, आइपिएल । राजाभन्दा फरक धारणा राख्नेमा पर्छन्, अर्का पूर्वकप्तान रसिद लतिफ ।

पिएसएलका केही मालिकले के भन्न थालेका छन् भने दुवै प्रतियोगिता सँगसँगै भएर उल्टै उनीहरूलाई घाटा भयो, आइपिएललाई टक्कर दिन खोजेर राम्रो भएन । 

लतिफको विचार हो, पाकिस्तानी क्रिकेट र मिडियालाई आइपिएल र पिएसएलबीच तुलना नै किन आवश्यक हो ? ‘पाकिस्तानले खुरुक्क आफ्नो प्रतियोगितालाई राम्रो बनाए भइहाल्यो नि,’ उनको तर्क हो । अहिले पिएसएल खेलिरहेका विदेशी खेलाडीमध्ये सबैभन्दा ठूलो नाम हो, डेविड वार्नर । यी अस्ट्रेलियाली खेलाडी अहिले किन पाकिस्तानमा खेलिरहेका छन् भने आइपिएलको खेलाडी अक्सनमा उनी बिक्दै बिकेनन् । नत्र लामै समय उनले आइपिएल खेलेका थिए ।

इन्डियन प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै पञ्जाव किंग्स र चेन्नई सुपर किंग्स । 

उनीले पनि सिधै आइपिएल नै राम्रो त भनेका छैनन्, तर यस्तो तुलना नचाहिँदो हो भनेर भनेका छन् । यसबीच पिएसएलका केही मालिकले के भन्न थालेका छन् भने दुवै प्रतियोगिता सँगसँगै भएर उल्टै उनीहरूलाई घाटा भयो, आइपिएललाई टक्कर दिन खोजेर राम्रो भएन । दुवै प्रतियोगिता सँगै हुँदा एक त दर्शक कम भए भने दोस्रो राम्रा खेलाडी जति आइपिएलतिर लागे । जेहोस, आइपिएल भर्सेस पिएसएल कहिल्यै सकिने बहस होइन । यसले विश्व क्रिकेटलाई मसला दिइरहने छ ।