माघ १४, २०८२ बुधबार | २१:२६:४५
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । सनराइजर्स हैदरावादलाई ३८ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार नरेन्द्र मोदी मैदानमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय २५ रनको लक्ष्य दिएको थियो । जवाफमा हैदरावादले ६ विकेट गुमाउँदा मात्र १८६ रन बनाउन सक्यो ।

यो जितले गुजरात १० खेलबाट १४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । गुजरातको जितले रोयल च्यालेज बैंगलुरु (आरसिबी) तेस्रो स्थानमा झर्याे । समान १४ अंक भएपनि मुम्बई इन्डियन्स नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । यता, १३ अंकसहित पञ्जाव किंग्स चौथो स्थानमा छन् । १० खेलमा ६ अंक जोडेको हैदरावाद पनि प्लेअफ पुग्न सकेन ।

हैदरावादको लागि ओपनर अभिषेक शर्माले ५१ बलमा चार चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । हेनरिक क्लासेनले २३ तथा ट्राभिस हेडले २० रनको योगदान गरे । क्लासेन र अभिषेकबीच ५७ रनको साझेदारी भएको थियो ।

यता पहिलो इनिङ्समा गुजरातको लागि कप्तान सुभमन गिलले ३८ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । जस बट्लरले ३७ बलमा तीन चौका र चार छक्कासहित ६४ रन जोडेका हुन् । ओपनर साइ सुदर्शन पनि ४८ रन बनाएर आउट भएका थिए ।

पहिलो विकेटको लागि गिल र सुदर्शनबीच सर्वाधिक ८७ रनको साझेदारी भएको थियो ।

शनिबार हुने खेलमा रोयल च्यालेज बैंगलुरु (आरसिबी) र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जिते आरसिबी शीर्ष स्थानमा उक्लने छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।