काठमाडौं । बार्यन म्युनिख र आरबी लाइपजिगले जर्मन बुन्डेसलिगामा शनिबार ३-३ को बराबरी खेलेका छन् ।
यो निजतासँगै ३२ खेलमा ७६ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम छ । लाइपजिग समान खेलबाट ५० अंकका साथ पाँचौं स्थानमा छ ।
रेडबुल एरिनामा पाहुना टोली बायर्नका लागि एरिक डियर, माइकल ओलिसे, लिरोय सानेले गोल गरे । लाइपजिगका लागि बेन्जामिन सेस्को, लुकास क्लोस्टरम्यान, युसुफ पोल्सेनले गोल गरे ।
खेलको ११औं मिनेटमा सेस्कोको गोलमार्फत लाइपजितले अग्रता लिएको थियो । ३९औं मिनेटमा क्लोस्टरम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा एक मिनेटभित्र दुई गोल गर्दै बार्यन खेलमा फर्किएको थियो । डियरले ६२ र ओलिसेले ६३औं मिनेटमा गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।
सानेले ८३औं मिनेटमा गोल गर्दा बार्यले ३-२ ले अगाडि बढ्यो । इन्जरी समयमा पोल्सेनले गोल गर्दै लाइपजिगलाई हारबाट जोगाए ।