काठमाडौं । आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा गोदावरीले महालक्ष्मी नगरपालिकाविरुद्ध ६-१ को फराकिलो जित निकाल्यो ।
गोदावरीलाई जित दिलाउन अरुण लामाले चार र पासङ तामाङले एक गोल गरे । एक गोल आत्मघाती उपहारस्परुप प्राप्त भयो । महलक्ष्मीका लागि रोनेश राउतले गोल फर्काए ।
खेलको २२औं मिनेटमा पासङको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो । अरुणले ३० र ३२औं मिनेटमा गोल गर्दा गोदावरीले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनायो ।
निशान रावलबाट ६१औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा गोदावरीको अग्रता ४-० मा पुग्यो । अरुणले ८४औं मिनेटमा ह्याट्रिक पूरा गरे ।
दुई मिनेटपछि नै अरुणले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरे । ९०औं मिनेटमा रोनेशले गरेको गोल महालक्ष्मीका लागि सान्त्वना बन्यो ।