जेष्ठ ४, २०८२ शनिबार | २०:३७:४०
पहिलो दिन नेपाललाई अग्रता न्युटन र भ्याली पब्लिक उपाधि नजिक डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि हुने शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी: विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल पहिलो दिन नेपाललाई अग्रता न्युटन र भ्याली पब्लिक उपाधि नजिक डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि हुने शीर्ष डिभिजनमा प्लानिङ ब्वाइजको उडान कोहलीको संन्यासः #२६९ साइन अफ लबाट सम्भव होला मोन्टीको जस्तो चमत्कार ? अदालतको ढोकामा अस्तित्व खोज्दै खेलकुद क्लाइमेक्सतिर युरोपेली फुटबल ब्राजिलमा एन्सेलोट्टी: विश्व फुटबलमा इटालियन विशाल विरासतको नयाँ प्रमाण युद्ध विरामपछिको आइपिएल

पुलिसलाई उपाधि

काठमाडौं । विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध २४ रनको जित निकाल्दै नेपाल पुलिस क्लब मनमोहन स्मृति (एमएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको  तेस्रो संस्करणमा च्याम्पियन बनेको छ । आर्मी अघिल्ला दुवै संस्करणको विजेता हो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पुलिस प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि हिमान्शु दत्तले ८० बलमा ६ चौका र दुई छक्काको मदद्तले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन साउदले २१  र विशाल सुश्लिंगले १८ बनाए ।

पहिलो विकेटका लागि हिमान्शु र इमरानबीच ५८ रनको साझेदारी भएको थियो । पुलिसका लागि श्रवण यादवले चार, चित्र विष्टले दुई तथा विपिन खत्री र सुनिल दौल्यालले समान विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि अरुण ऐरीले सर्वाधिक ८९ बलमा  दुई छक्का र एक चौकासहित सर्वाधिक ६४ रन बनाए । यसैगरी शंकर रानाले ८१ बलमा चार चौका र एक छक्काको मद्दतले ५१, दीपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन जोडे ।

पाँचौं विकेटको लागि अरुण र शंकरले ९६ रनको साझेदारी गरेका थिए ।

आर्मीका लागि दुर्गेश गुप्ता, नरेन साउद र तुलबहादुर थापाले समान दुई तथा विशाल सुश्लिंग, पवन कार्की र सुमित श्रेष्ठले समा एक विकेट लिए ।

एमएम कप फाउन्डेसनकाे आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता पुलिसले ४ लाख रुपैयाँहित ट्रफी प्राप्त गर्दा उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पार्यो ।

आर्मीका नरेन साउद प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।

यस्तै पुलिसका शंकर राना उत्कृष्ट ब्याटर तथा कोशी प्रदेशका प्रेम कामत उत्कृष्ट बलर घोषित भए । उनीहरूले १५ हजार रुपैयाँ हात पारे ।

एक सातासम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP