मंसिर २८, २०८२ आइतबार | ०३:३५:१३
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

पुलिसलाई उपाधि

काठमाडौं । विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध २४ रनको जित निकाल्दै नेपाल पुलिस क्लब मनमोहन स्मृति (एमएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको  तेस्रो संस्करणमा च्याम्पियन बनेको छ । आर्मी अघिल्ला दुवै संस्करणको विजेता हो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पुलिस प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि हिमान्शु दत्तले ८० बलमा ६ चौका र दुई छक्काको मदद्तले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४, नरेन साउदले २१  र विशाल सुश्लिंगले १८ बनाए ।

पहिलो विकेटका लागि हिमान्शु र इमरानबीच ५८ रनको साझेदारी भएको थियो । पुलिसका लागि श्रवण यादवले चार, चित्र विष्टले दुई तथा विपिन खत्री र सुनिल दौल्यालले समान विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको  पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि अरुण ऐरीले सर्वाधिक ८९ बलमा  दुई छक्का र एक चौकासहित सर्वाधिक ६४ रन बनाए । यसैगरी शंकर रानाले ८१ बलमा चार चौका र एक छक्काको मद्दतले ५१, दीपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन जोडे ।

पाँचौं विकेटको लागि अरुण र शंकरले ९६ रनको साझेदारी गरेका थिए ।

आर्मीका लागि दुर्गेश गुप्ता, नरेन साउद र तुलबहादुर थापाले समान दुई तथा विशाल सुश्लिंग, पवन कार्की र सुमित श्रेष्ठले समा एक विकेट लिए ।

एमएम कप फाउन्डेसनकाे आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता पुलिसले ४ लाख रुपैयाँहित ट्रफी प्राप्त गर्दा उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पार्यो ।

आर्मीका नरेन साउद प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।

यस्तै पुलिसका शंकर राना उत्कृष्ट ब्याटर तथा कोशी प्रदेशका प्रेम कामत उत्कृष्ट बलर घोषित भए । उनीहरूले १५ हजार रुपैयाँ हात पारे ।

एक सातासम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता थियो ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II