काठमाडौं । ललितपुर महानगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।
च्यासल मैदानमा सोमबार ललितपुरले बागमती गाउँपालिकाविरुद्ध ७-३ को सहज जित दर्ता गर्यो । जितसँगै ललितपुरले समूह ‘ए’ मा तीन अंक जोडेको छ । बागमतीले हारबाट प्रतिायेगिता सुरु गरेको छ ।
यो खेल आइतबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुने तय थियो तर वर्षाका कारण खेलाउन सम्भवन नभएपछि आज च्यालसमा सञ्चालन गरिएको हो ।
ललितपुरलाई जित दिलाउन रफिल महर्जन र निरज महर्जनले समान दुई तथा सनी व्यञ्जनकार, विशल बानियाँ र अनामोल बस्नेतले समान एक गोल गरे । बागमतीका लागि बसन्त घलानले दुई तथा झलक सञ्जेलले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमै रफिलको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो । १७औं मिनेटमा बसन्तले बागमतीलाई बराबरीमा ल्याए ।
सनीले १९ र निरजले २०औं मिनेटमा गोल गर्दा ललितपुर ३-१ ले अगाडि बढ्यो । २६औं मिनेटमा बसन्तले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।
रफिलले ३३औं तथा निजरले ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ५-२ को अग्रता दिलाए ।
विशालले ४०औं मिनेटमा गोल गर्दा ललितपुरले पहिलो हाफमै ६-२ को आरामदायी अग्रता बनायो । ललितपुरले दोस्रो हाफमा भने एक गोलमात्र थप्न सक्यो ।
अनमोलले ४९औं मिनेटमा गोल गर्दा लितपुरको अग्रता ७-१ मा पुग्यो । ७७औं मिनेटमा झलकले बागमतीका लागि तेस्रो गोल गरे ।
सोमबारै गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा दिउँसो १२ः१५ मा कागेश्वरी महनोहरा र दक्षिणकाली नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।
यसैगरी दिउँसा ३ः३० मा सुरु हुने खेलमा साबिक विजेता काठमाडौं नगरपालिकाले चाँगुनाराण नगरपालिकाको सामना गर्नेछ ।