आइपिएल

तेस्रो जितको खोजीमा पन्जाब र हैदराबाद

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) को १७औं संस्करणमा मंगलबार पन्जाब किंग्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । खेल मोहालीस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा दुवै टोलीको यो पाँचौं खेल हो । यसअघिका चार खेलमा दुवै टोलीले समान दुई जित र हारको नतिजा निकालेका छन् ।

समान चार अंकका साथ हैदराबाद पाँचौं र पन्जाब छैटौं स्थानमा छन् ।

शिखर धवनको कप्तानीमा रहेको पन्जाब प्रभसिम्रन सिंह, कागिसो रबाडा, जोनी बेयरिस्टो,शशांक सिंह जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । प्याट कमिन्सको कप्तानमा रहेको हैदराबादलाई हनरिक क्लासेन, एडेन मार्करम, अभिषेक शर्मा, टी नटराजन जस्ता खेलाडीको साथ रहेनेछ ।

आइपिएलमा यी दुई टोलीबिच हालसम्म २१ खेल भएका छन् । जसमध्ये पन्जाबले १४ र हैदराबादले सात खेल आफ्नो पक्षमा पारेका छन् ।