इन्डियन प्रिमियर लिग

लिजाड विलियम्सले दिल्लीबाट आइपिएल खेल्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज दिल्ली क्यापिटल्सले दक्षिण अफ्रिकका तीव्र गतिका बलर लिजाड विलियम्सलाई ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ ।

दिल्लीले विलियसम्सलाई इङ्ल्यान्डका ह्यारी ब्रुकको स्थानमा भित्र्याएको हो । ब्रुकले व्यक्तिगत कारणले आइपिएलबाट नाम फिर्ता लिएका थिए ।

विलियम्स पहिलो पटक आइपिएलमा अनुबन्ध भएका हुन् । विलियम्सले दक्षिण अफ्रिकका लागि चार एकदिवसीय र ११ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेलका छन् ।  उनले एकदिवसीयमा पाँच र ट्वान्टीमा ६ विकेट लिएका छन्  ।

खराब लयमा रहेको दिल्ली पाँच खेलमा चार हार र एक जितका साथ दुई अंक जोडेर पुछारमा छ ।