आयरल्यान्ड ‘ए’

आयरल्यान्डको ‘ए’ टोली नेपाल आउने

काठमाडौं ।  नेपालको नेपालको राष्ट्रिय र ‘ए’ टोलीले टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग आठ खेल खेल्ने भएका छन् ।

आयरल्यान्ड मार्च २५ देखि अप्रिल ७ सम्म नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग दुई ट्वान्टी २० खेल्नेछ । यसैगरी आयरल्यान्डले नेपाल ‘ए’ टोलीसँग समान तीन एकदिवसीय र ट्वान्टी २० खेल हुनेछ ।

जुनमा हुने आइसीसी ट्वान्टी २० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागिएको हो । यस्तै क्यानले आज मात्रै मार्च ९ देखि १३ सम्म हङकङ भ्रमणका लागि टोली घोषणा गरेको छ ।

आयरल्यान्ड ‘ए’ ले नेपालसँग मार्च २५ र २६ मा ट्वान्टी २० खेल खेल्नेछ । यसैगरी नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच मार्च २८, २९ र ३१ मा ट्वान्टी २० तथा अप्रिल ३, ५ र ७ मा एकदिवसीय खेल हुनेछ ।