नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ र क्यानडाबीचको शृंखला आइतबारदेखि हुने

‘ए’ टिमका कप्तान विनोद भण्डारी

काठमाडौं । नेपाल ‘ए’ टिमले क्यानडासँग खेल्ने एकदिवसीय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ ( क्यान) ले बिहीबार निकालेको तालिका अनुसार यी दुईबीच तीन खेलको शृंखला हुनेछ ।

शृंखलाको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ । तीनै खेल मुलपानी क्रिकेट मैदामा हुनेछन्।

क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ‘ए’ टिम घोषणा गरेको थियो ।  टोलीको प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।

क्यानले यो टिममा पिएम कप, यु-१९ टोली र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई समावेश गरेको छ ।

क्यानडाविरुद्धको शृंखलाका लागि घोषित नेपालको ‘ए’ टिम

विनोद भण्डारी (कप्तान) , प्रतिश जिसी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बसिर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मायन यादव, सुजन थपलिया