आइसिसी यु-१९ विश्वकप

अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसिसी यु-१९ विश्वकपमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा अफगानिस्तानका कप्तान नासिर खान मारुफखिलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाल र अफगानिस्तान यु-१९ विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै टोली पहिलो जित निकाल्दै सुपर सिक्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । यसअघि नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ रन र न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।