प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

आर्मीले एपिएफलाई हरायो

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबमाथि चार विकेटको जित निकालेको छ ।

तेस्रो जितसँगै आर्मीले पाँच खेलमा ६ अंक जोडेको छ ।  तेस्रो पराजय ब्यहोरेको एपपिएफको सामन खेलबाट चार अंक छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार एपिएफले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४, बसिर अहमदले १८, कुशल मल्लले १९, इम्रान शेखले १६ र सन्तोष कार्कीले ११ रन बनाए ।

एपिएफका लागि रमेश कुर्मीले दुई तथा श्याम ढकाल (मौसम) र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि राहितकुमार पौडेलले १ सय ३ बलमा समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ६.४ ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अविनाश बोहराले दुई तथा विवेक यादव,साहब आलम र बसिर अहमदले समान एक विकेट लिए ।