टेस्ट शृंखला

कोहलीले इङ्ल्यान्डविरुद्धको सुरुआती दुई टेस्ट गुमाउने

काडमाडौं । विराट कोहली इङ्ल्यान्ड विरुद्धको सुरुआती दुई टेस्ट खेल नखेल्ने भएका छन् ।

कोहलीले निजी कारणले आफु उपलब्ध नहुने जानकारी गराएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बताएकाे छ । कोहली तेस्रो टेस्टदेखि टोलीमा सामेल हुनेछन् ।बोर्डले कोहलीको स्थानमा खेलाउने भन्न निर्णय गरिसकेको छैन ।

शृंखलाको पहिलो खेल  जनवरी २५ बाट हैदराबादमा हुनेछ । त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ बाट विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ बाट राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ बाट राँचीमा र पाँचौं तथा अन्तिम टेस्ट मार्च ७ बाट धर्मशालामा हुनेछ ।

भारतीय टोली

रोहित शर्मा (कप्तान) शुभमन गिल, यशस्वी जैसवाल, जसप्रित बुमराह (उपकप्तान), श्रेयस अय्यर, रविचन्द्रन अश्विन, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, अक्षर पटेल, केएस भरत (विकेटकिपर), कुलदीप यादव, मोहम्मद शामी, मुकेश कुमार, ध्रुव जुरेल (विकेटकिपर), आवेश खान