भारतीय क्रिकेट

अफगानिस्तानविरुद्ध खेल्ने भारतीय टोली घोषणा

काठमडौं । अफगानिस्ताविरुद्धको ट्वान्टी २० शृंखलाका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहित र विराट कोहली टोलीमा फर्किदा रुतुराज गायकवाड र सुर्यकुमार यादव चोटका कारण बाहिरिएका छन् ।  सूर्यकुमार र रुतुराज दक्षिण अफ्रिकासँग खेल्ने क्रममा घाइते भएका थिए ।

यसैगरी दक्षिण अफ्रिकविरुद्धको शृंखलमा रहेका श्रेयश अय्यर , इशान किसन, मोहम्मद सिराज, जसप्रित बुमराह, रविन्द्र जडेजालाई विश्राम दिइएको छ ।

सन्जु स्यामसन र शिवम दुबेले पनि टोलीमा पुनरागमन गरेका छन् । तीन खेलको शृंखला जनवरी ११ देखि सुरु हुँदैछ ।  

भारतीय टोली
रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल, यशस्वी जैसबाल, सन्जु स्यामसन (विकेटकिपर), तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर),शिवम दुबे, वाशिङ्गटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान, मुकेश कुमार