प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् ।

त्रिवि मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुनेछ । मुलपानीमा १७ र  भैरहवामा ११ खेल हुनेछ ।

प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । कीर्तिपुरमा बागमती प्रदेश र नेपाल पु्लिस क्लब, मुलपानीकमा कोशी र मधेश प्रदेश तथा भैरहवामा लुम्बिनी र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्  ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीहरु सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री कपको शीर्ष चार टोलीले आगामी चैत/ वैशाखमा एलिट ट्रफी खेल्नेछन् ।