आइसिसी एकदिवसीय विश्वकप छनोट

श्रीलंकाले दियो आयरल्यान्डलाई तीन सय २६ रनको लक्ष्य

काठमाडौं । दिमुथ करुणारत्ने र सदिरा समराविक्रमाको उत्कृष्ट ब्याटिङप्रेरित श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डसामू तीन सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै तीन सय २५ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकका लागि करुणारत्नले एक सय तीन बलमा आठ चौकको मद्दतमा एक सय तीन रनको योगदान गरे । यसैगरी समराविक्रमाले ८६ बलमा चार चौकाको मद्दतमा ८२, धानन्जय डि सिल्भाले अविजित ४२, चरिथ अस्लंकाले ३८ र पथुम निस्काले २० रन जोडे ।

तेस्रो विकेटका लागि करुणरत्ने र समराविक्रमाले एक सय ६८ रनको साझेदारी गरे ।

आयरल्यान्डका लागि मार्क अदिरले चार, ब्यारी म्याकर्थी तीन तथा ग्यारेथ डेनालीले दुई विकेट लिए ।