काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगमा नेपाल जितविहिन

फाइल फोटो

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल जितविहिन बनेको छ ।

बिस्केकस्थित स्पोर्टस एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

जारी प्रतियोगितामा नेपालको यो छैटौं हार हो । नेपालले खेल २१-२५,२२-२५ र २३-२५ ले गुमाएको हो ।

नेपाल यसअघि मंगोलिया,आयोजक किर्गिस्तान, इरान, तुर्किमिनिस्तान र आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको थियो ।

नेपालले मंगोलिया, किर्गिस्तान र तुर्किमिनिस्तानसँग समान ३-१,  इरानसँग ३-० र किर्गिस्तानको ‘बी’ टोलीसँग ३-२ सेटकाे पराजय ब्यहाेरेकाे थियाे ।