काठमाडौं । साबिक हेल्प नेपाल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा सोमबार सहज जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आइतबार सम्पन्न पुरुषतर्फको तेस्रो खेलमा हेल्प नेपालले मणिमुकन्द भलिबल क्लबलाई ३-० को सेटमा हरायो ।
हेल्प नेपाल २५-२२, २९-२७, २५-२० ले विजयी भयो ।
लगातार पाँचौं जितसँगै पाँच खेलमा १५ अंक जोडेको हेल्प नेपाल शीर्ष स्थानमा उक्लिएको छ । चौथो हार बेहारेको मणिमुन्द समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।
आइतबारै सम्पन्न पुरुषतर्फको चौथो तथा दिनको अन्तिम खेलमा पुलिसले विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबलाई ३-० को सेटमा हरायो ।
पुलिसले खेल २५-२२, २५-०, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।
चौथो जितसँगै पुलिस पाँच खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो हार बेहोरेको एपिएफ समान खेलबाट छैटौं स्थानमा छ ।
सोमबारै सम्पन्न पुरुषतर्फका खेलमा गण्डकी प्रदेश भलिबल संघले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० तथा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश खेकुद विकाश बोर्डलाई ३-१ सेटमा पराजित गरे ।
यसैगरी महिलातर्फका खेलमा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० तथा नेपाल पुलिस क्लबले आर्मीलाई ३-२ को सेटमा हराए ।