श्रावण २, २०८२ शुक्रबार | ०४:२७:२९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । एपिएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

एपिएफले २५-१९, २५-२०, २५-१३ को सहज जित निकाल्यो । एपिएफले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख रुपैयाँमा पायो ।

यस्तै न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई २५-८,२५-१९,२५-११ को सेटमा हरायो । तेस्रो बनेको न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो ।

एपिएफकी निरुता ठगुन्ना, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, एपिएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपिएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले जनही २० हजार रुपैयाँ पाए ।

विजेता खेलाडीलाई प्रमुख अतिथी शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरू अन्जन धमला, सम्राट कुसारीलगायतले पुरस्कृत गरेका थिए ।

नेसनल स्पोर्टस एकेडमीको आयोजनामा सम्पन्न प्रतियोगितामा टिम सहभागी थिए । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach