फाल्गुन ५, २०८२ मंगलबार | ०९:१२:३८
१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । एपिएफ क्लबले ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

एपिएफले २५-१९, २५-२०, २५-१३ को सहज जित निकाल्यो । एपिएफले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख रुपैयाँमा पायो ।

यस्तै न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लबलाई २५-८,२५-१९,२५-११ को सेटमा हरायो । तेस्रो बनेको न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो ।

एपिएफकी निरुता ठगुन्ना, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी विधागत पुरस्कारतर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, एपिएफकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र एपिएफका पुष्पजंग मल्ल उत्कृष्ट प्रशिक्षक घोषित भए । सबैले जनही २० हजार रुपैयाँ पाए ।

विजेता खेलाडीलाई प्रमुख अतिथी शक्तिबहादुर बस्नेत, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला (ज्वाला), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरू अन्जन धमला, सम्राट कुसारीलगायतले पुरस्कृत गरेका थिए ।

नेसनल स्पोर्टस एकेडमीको आयोजनामा सम्पन्न प्रतियोगितामा टिम सहभागी थिए । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL