असार ७, २०८२ शनिबार | ०४:२२:०७
‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान
शनिबारको दिन

दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म

काठमाडौं । साबिक विजेता अस्ट्रेलियाको चुनौती पार गर्दै दक्षिण अफ्रिका गत शनिबार इङ्ल्यान्डको लड्र्स क्रिकेट मैदानमा विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल भयो । यो दक्षिण अफ्रिकाले २७ वर्षपछि जितेको आइसिसीको मुख्य उपाधि थियो ।

जित्न नसकेको छाप, पटक-पटक अन्तिम क्षणमा चिप्लिएको इतिहास र ‘चोकर्स’को बद्नाम छायाँलाई मेट्दै दक्षिण अफ्रिकाले अन्ततः ‘च्याम्पियनको ट्याग’ प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले पछिल्लो पटक सन् १९९८ मा आइसिसी ट्रफी ९हालको च्याम्पियन्स ट्रफी० जितेको थियो । त्यसयता आइसिसीका हरेक प्रतियोगितामा बलियो दाबेदार मानिए पनि दक्षिण अफ्रिका निर्णायक मोडमा चुक्दै आएको थियो ।

सन् १९९९ विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीमाथि ‘चोकर्स’ ट्याग लाग्न सुरु भएको मानिन्छ । 

कहिले खराब रणनीति, कहिले दुर्भाग्य र कहिले अन्तिम समयमा भएको गल्तीले उनीहरूलाई सफलताभन्दा धेरै टाढा राखिरह्यो । तर यसपटक भने भाग्य फेर्दै दक्षिण अफ्रिकी टोली सबै दागहरू मेटिने गरी इतिहास बनाउन सफल भयो ।

विश्व टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलियाविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै कागिसो रबाडा । 

कसरी लागेको थियो ‘चोकर्स’को ट्यागसन् १९९९ विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि दक्षिण अफ्रिकी टोलीमाथि ‘चोकर्स’ ट्याग लाग्न सुरु भएको मानिन्छ । अस्ट्रेलियासँगको सेमिफाइनल जितका लागि एक रन आवश्यक हुँदा एलान डोनाल्ड र लान्स क्लुस्नरबीच तालमेल नमिलेर रनआउटको सिकार हुँदा खेल बराबरीमा टुंगिएको थियो ।

त्यसपछि पनि दक्षिण अफ्रिका धेरै पटक आइसिसीका प्रतियोगितामा महत्त्वपूर्ण क्षणमा पराजित हुन पुग्यो । टोली सन् २०००, २००२, २००६, २०१३ र २०२५ को च्याम्पियन्स ट्रफी सेमिफाइनलबाट बाहिरिएको थियो । दक्षिण अफ्रिका सन् १९९२, २००७, २०१५ र २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमै पुगेर रोकिएको थियो ।

मुख्य प्रतियोगिताका महत्त्वपूर्ण क्षणमा चुक्दै आएको दक्षिण अफ्रिकाले यस पटक भने पुरानो इतिहास दोहोरिन दिएन । 

सन् २०१५ को एकदिवसीय विश्वकपमा न्युजिल्यान्डसँगको सेमिफाइनल हार दक्षिण अफ्रिकाका लागि सबैभन्दा पीडादायी थियो । वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा २८१ रनको बलियो योगफल त थियो । तर डकवर्थ लुइस पद्धतिका आधारमा न्युजिल्यान्डले २९८ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । अन्तिम ओभरको पाँचौं बलमा डेल स्टेयनको बलमा ग्रान्ट इलियटले छक्का प्रहार गर्दा दक्षिण अफ्रिका पराजित भयो । 

इलियट दक्षिण अफ्रिकामै जन्मिएका खेलाडी थिए । दक्षिण अफ्रिकाले सेमिफाइनल अघिका सातवटै खेल (समूह चरणका ६ र क्वार्टरफाइनल) जितेको थियो ।

ट्वान्टी-२० विश्वकप २०२४ को फाइनलमा भारतसँग पराजित भएपछि निरास दक्षिण अफ्रिकाका खेलाडी । 

त्यसपछि सन् २०२४ मा भएको ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिका फाइनलसम्म पुग्यो । तर भारतसँग पराजय बेहोर्दा टोली फेरि निराश बन्नुपर्यो । १७७ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिका १५ ओभरको समाप्तिमा १४७-४ को अवस्थामा थियो । ३० बलमा ३० रन आवश्यक हुँदा ६ विकेट बाँकी रहेको अवस्थामा सम्हालिन नसक्दा दक्षिण अफ्रिका ७ रनले पराजित भयो ।

टेस्ट च्याम्पियनसिपको सुरुआतमा केही कमजोर प्रदर्शन रहे पनि सानदार पुनरागमन गरेर फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले फाइनलमा पनि त्यसलाई निरन्तरता दियो ।

लर्ड्समा फेरिएको भाग्यविश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेपछि दक्षिण अफ्रिकी खेलाडीलाई एउटै चिन्ताले सताएको थियो, फेरि इतिहास दोहोरिने त हैन । अस्ट्रेलिया जस्तो बलियो प्रतिद्वन्द्वीको सामना गर्नु अघिको यो डर स्वाभाविक पनि थियो ।

तर, मुख्य प्रतियोगिताका महत्त्वपूर्ण क्षणमा चुक्दै आएको दक्षिण अफ्रिकाले यस पटक भने पुरानो इतिहास दोहोरिन दिएन । लर्ड्समा अस्ट्रेलियाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एडेन मारक्रमले १३६ रनको योगदान गरे । कप्तान टेम्बा बाभुमाले पनि ६६ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए । यी दुईबाहेक बलिङमा कागिसो रबाडाको योगदान पनि दक्षिण अफ्रिकाले भुल्नु हुँदैन । उनले फाइनलमा दुई इनिङ्समा ९ विकेट लिएका थिए ।

२७ वर्षदेखिको उपाधि खडेरी तोड्दै दक्षिण अफ्रिकाले अब फेरि आफूलाई विश्व क्रिकेटमा स्थापित गरेको छ । 

टेस्ट च्याम्पियनसिपको सुरुआतमा केही कमजोर प्रदर्शन रहे पनि सानदार पुनरागमन गरेर फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिकाले फाइनलमा पनि त्यसलाई निरन्तरता दियो ।

विश्व टेस्ट च्याम्पियनसिप जितेपछि दक्षिण अफ्रिकी खेलाडी । 

अस्ट्रेलिया पहिलो इनिङ्समा २१२ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाले पनि १३८ रन मात्रै बनाउन सकेपछि अस्ट्रेलियाले ७४ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा पनि अस्ट्रेलियालाई धेरै रन बनाउन दिएन । अस्ट्रेलिया २०७ रनमै समेटिएपछि टोलीले २८२ रनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पूरा गर्दै दक्षिण अफ्रिकाले टेस्ट च्याम्पियनसिपको उपाधि आफ्‌नो नाममा गरायो ।

अन्ततः ‘चोकर्स’ हट्यो ट्याग

अहिले विश्व टेस्ट च्याम्पियनसिपको नयाँ चक्र सुरु भएको छ । यो चक्रमा दक्षिण अफ्रिकाको मनोबल उच्च रहनेछ ।

२७ वर्षदेखिको उपाधि खडेरी तोड्दै दक्षिण अफ्रिकाले अब फेरि आफूलाई विश्व क्रिकेटमा स्थापित गरेको छ । यो सन्देश दिएको छ कि पुरानो पीडा पनि मेटिन सक्छ, आत्मविश्वास र धैर्यले जित्न सकिन्छ ।

यो जितमा मानसिकता परिवर्तनको पनि मुख्य भूमिका छ । प्रशिक्षक सुक्री कोनराडले टोलीलाई डर होइन, आत्मविश्वासका साथ खेल्ने उत्प्रेरणा दिइरहे । कप्तान बाभुमा आफैले भनेका छन्, ‘अब हामीलाई चोकर्स भन्नु बेकार छ । यो जितले राष्ट्रिय एकतालाई बलियो बनाओस् भन्ने चाहन्छु ।’

अहिले विश्व टेस्ट च्याम्पियनसिपको नयाँ चक्र सुरु भएको छ । यो चक्रमा दक्षिण अफ्रिकाको मनोबल उच्च रहनेछ । च्याम्पियनको छवि बनाएपछि टोलीले सीमित ओभरको क्रिकेट (एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय) मा पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

विश्व टेस्ट च्याम्पियनसिपको ट्रफीका साथ दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा ।