काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ उपाधि रक्षा गरेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बिहीबार सम्पन्न फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो ।
पुलिसले खेल २५-२०, २२-२५, २८-२६, २५-१४ ले आफ्नो पक्षमा पर्यो ।
यसैगरी एभरेस्ट भलिबल क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै महिलातर्फ तेस्रो स्थान हासिल गर्यो ।
विजेता पुलिसले ८ लाख, उपविजेता न्यु डायमन्डले ४ लाख र तेस्रो भएको एभरेस्टले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यता विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै नेपाल पुलिस क्लबले पुरुषतर्फ तेस्रो स्थान हासिल गर्यो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team