श्रावण १, २०८२ बिहीबार | १०:३६:५७
वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’

काठमाडौं। गत वर्ष चीनको युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण खेलका क्रममा गम्भीर घाइते भएका युवा मिडफिल्डर आशिष राई पछिल्लो पाँच महिनायता अखिल नेपाल फुटबल संघ(एन्फा) होस्टलमा बस्दै आएका छन् ।

आशिषको दैनिकी एन्फाले गत वर्ष देखि सञ्चालमा ल्याएको ‘फिजियोथेरापी एन्ड रिह्याबिलिटेसन डिपार्टमेन्ट’मा फिजियोमार्फत चाँडै मैदान फर्किने प्रयासमा समर्पित भइरहेको छ । तर, रिह्याबको पाँच महिना पूरा भइरहँदा आशिषले सामाजिक सञ्जालमा भावुक ‘स्ट्याटस’ लेख्दै फुटबल प्रेमीको ध्यान तानेका छन् ।

आशिषले स्ट्याटसमार्फत एन्फाको रिह्याबप्रति चित्त दुखाएका छन् । एन्फाबाट उचित उपचार नपाएकोमा उनको गुनासो छ ।

‘आज चोटले गर्दा एन्फा होस्टलको कोठामा थुनिएको ठ्याक्कै पाँच महिना भयो । मेरो मनले मैदानमा दौडन चाहेको छ । तर, उचित उपचार र रिह्याबको पर्खाइले त्यो मनको सपना अहिले अधुरो छ । मैदानमा फर्कन अझै कति कुर्नुपर्ने हो थाहा छैन । मैले धेरै कुराको माग गरेको होइन,’ आशिषले लेखेका छन्, ‘विगतका दिनमा दाइहरुले मैदानमा फर्कन विशेष साथ पाउनुभएको थियो । मलाई पनि त्यही साथ मिलोस् !’

घाइते हुनुअघि आशिषले विभागीय टोली नेपाल पुलिस क्लबको जर्सीमा मोफसलका प्रतियोगिता खेलिरहेका थिए । उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका आशिषले तीन वर्षअघि च्यासल युवा क्लबबाट शीर्ष डिभिजन लिग खेलेका थिए । कोरोना महामारीबीच भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणमा आशिषले काठमाडौं रेजर्सको प्रतिनिधित्व गरेका थिए । त्यतिबेला काठमाडौंले उपाधि जितेको थियो । दोस्रो संस्करण उनी स्पोर्टिङ इलाम दी मेचीको जर्सीमा देखिएका थिए ।

चीनको युनान प्रान्तीय टोलीविरुद्ध खेलको ३७औं मिनेटमा विपक्षी खेलाडी मोरी मेडलेको हार्ड ट्याकलमा आशिषको खुट्टा भाँचिएको थियो । आशिषलाई स्ट्रेचरमा राखेर मैदान बाहिर निकालिएको थियो । लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको थियो ।


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA