श्रावण १, २०८२ बिहीबार | १५:१९:१३
नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो

वेलिंघमले सिजनको सुरुका खेल गुमाउने

काठमाडौं । इङ्ल्यान्ड तथा रियाल मड्रिडका युवा स्टार जड वेलिंघमले सिजनका सुरुका केही खेल गुमाउने भएका छन् । भर्खरै कांधको सर्जरी गरेका २२ वर्षीय वेलिंघम करिब ६ साता मैदान बाहिर हुने बताइएको छ ।

यस क्रममा उनले रियालको प्रि–सिजन गुमाउने पक्का भएको छ । यस्तै, इङ्ल्यान्डले आगामी सेप्टेम्बरमा एन्डोरा र सर्वियासँग विश्वकप छनोट खेल्दैछ । दुबै खेल वेलिंघमले गुमाउने छन् ।

यो समस्याबाट वेलिंघम सन् २०२३ बाटै गुज्रिरहेका थिए । तर, भर्खरै उनले सर्जरी गरेका हुन् । यस क्रममा अब उनी रिह्यावमा हुनेछन् ।

रियालले नयाँ म्यानेजर जाभी ओलोन्सोको प्रशिक्षणमा सिजनको पहिलो खेल ओसासुनासँग खेल्दैछ । ला लिगाको रियालको पहिलो खेल अगष्ट १९ मा छ ।

वेलिंघम दुई वर्षअघि जर्मन क्लब बोरुसिया डर्टमन्डबाट रियाल अनुबन्ध भएका थिए । पहिलो सिजन नै उनले रियालको लागि ला लिगा र च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । पछिल्लो सिजन उनले ५८ खेलमा १५ गोल गरेका थिए । 
 


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA