श्रावण १, २०८२ बिहीबार | १०:३७:११
वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग

एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिएको छ ।

धनगढीस्थित एसपीए कलेज र सुदूरपश्चिम रोयल्सबीच एनपिएलको पहिलो संस्करण सहकार्य भएको थियो । सुदूरपश्चिमले एसपीएसँग थप दुई संस्करणका लागि सहकार्य गरेको हो ।

बुधबार एक कार्यक्रमबीच एसपीएका प्रबन्ध् निर्देशक सुवास शाही र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपीए कलेजका प्रबन्ध निर्देशक शाहीले सुदूरश्चिमसँगको सहकार्यले विद्यार्थीलाई खेलकुदमा लाग्न प्रेरित गर्ने बताए ।

‘खेलकुदले युवालाई प्रेरणा दिइरहेको हुन्छ । सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षा–कोठा बाहिर पनि विद्यार्थीलाई सहयोग गर्ने अवसर दिएको छ,’ शाहीले भने ।

भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कपमा नेपालले उपाधि जितेको थियो । सम्मानस्वरुप एसपीए कलेजले च्याम्पियन टोलीका सदस्य, सुदूरपश्चिम प्रदेशका दुई खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही २५ हजार रुपैयाँ प्रदान गर्यो ।

सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले शाहीको क्रिकेटप्रतिको लगानी र कदममा समर्थन गर्न पाउँदा गर्व महसुस गरेको बताए ।

‘हामी सुवास शाहीप्रति आभारी छौं । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उनको दृष्टिकोणले हालसालै नयाँ गति पाएको छ । हामी एक फ्रेन्चाइजका रुपमा त्यसलाई समर्थन गर्न पाउँदा गर्व महसुस गर्छौँ,’ खड्काले भने, ‘उनले हाम्रो टिमप्रति देखाएको समर्थनले सुदूरपश्तिम क्रिकेटलाई एउटा ब्रान्डका रुपमा स्थापित गर्न मद्धत गरेको छ ।’

खड्काले आगामी वर्षहरूमा पनि यस साझेदारीलाई निरन्तरता दिन उत्सुक रहेको बताउँदै शाहीको नेतृत्वमा आयोजना हुने फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको सहभागिता रहन सक्ने कुरा पनि जानकारी गराए ।

शाहीकै नेतृत्वमा नेपालकै पूरानो फ्रेन्चाइज क्रिकेट लिग– धनगढी प्रिमियर लिग (डिपिएल) संचालन हुँदै आएको थियो ।


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA