श्रावण १, २०८२ बिहीबार | २०:४७:२५
एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो

नेपाल र श्रीलंका खेल्दै

फाइल तस्वीर

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’मा खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ ।

श्रीलंकाविरुद्ध मैदानमा उत्रिरहँदा नेपाली टोली अर्को फराकिलो जितहो लक्ष्यमा हुनेछ । मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७–० ले पराजित गरेको थियो । श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ ।

समूह चरणमा सहभागी चार टोलीले समान तीन खेल खेल्दा घरेलु टोली बंगलादेश स्पष्ट ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल एक हार र दुई जितसहित ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

बंगलादेशले नेपालभन्दा मात्र एक गोल बढी गरेको छ । डबल राउन्ड रोविनको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने भएकाले बंगलादेशसँग खेल्नुअघि नेपाल कम्तिमा पनि एक गोलले अगाडि रहन चाहन्छ । त्यसैले नेपाललाई श्रीलंकासँग हेलचेक्राई स्विकार्य हुनेछैन । उता नेपालसँग हार वा बराबरी भएको खण्डमा श्रीलंकाको उपाधि सम्भावना समाप्त हुनेछ ।

नेपाल र श्रीलंकाको खेलपछि तेस्रो स्थानको भुटान र बंगलादेशले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग हारे भुटानको पनि उपाधि सम्भावना समाप्त हुनेछ । यो खेल साँझ ६ः४५ बजे हुनेछ ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach