माघ २९, २०८२ बिहीबार | १०:२४:०८
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा चार गोलको अग्रता लिएको छ ।

बिहीबार बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’ मा जारी प्रतियोगिताको सातौं खेलमा नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा, सरीता नाथले ‘स्कोरसीट’मा आफ्नो नाम लेखाएका छन् । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी फरवार्ड कुसुमले दुई गोल गरेकी छन् ।

खेलको १५औं मिनेटमा स्ट्राइकर पूर्णिमाले नेपाललाई अग्रतामा ल्याइन् । राइट साइडबाट अट्याकिङ मिडफिल्डर सेनु परियारको कटब्याकलाई विपक्षी रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा पूर्णिमाले त्यसको फाइदा उठाएकी हुन् । सुरुमा पूर्णिमाको हेडर क्रसबारमा लागेर फर्किएको थियो । दोस्रो प्रयासमा उनी सफल भइन् ।

३५औं मिनेटमा कुसुमको गोलमा नेपालले अग्रतालाई दोब्बर बनायो । स्ट्राइकर मीनाले दोस्रो बारमा प्रहार गरेको बल विपक्षी रक्षकसँग अल्झिँदै कुसुमको खुट्टासम्म पुगेको थियो । प्राप्त अवसरमा कुसुमले कुनै पनि गल्ती गरिनन् ।

निर्धारित हाफ सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा नेपालले तेस्रो गोल गर्यो । अघिल्लो खेलमा फ्रिकिक गोल गरेकी सरीताले यसपालि पनि फ्रिकिक अवसरलाई सदुपयोग गरिन् । करिब २५ यार्ड परबाट सरीताले गरेको प्रहारलाई गोलकिपर थारुसिका डोडामगोजेले राम्ररी 'जज' गर्न सकिनन् । यसअघि सेनुलाई विपक्षी खेलाडी कुभेथा थायापरणले फउल गरेपछि नेपालले सेटपीस अवसर पाएको थियो ।

दुई मिनेट पनि बित्न नपाउँदै कुसुमले व्यक्तिगत दोस्रो गोल गरिन् । बक्स बाहिरबाट कुसुमले गरेको फितलो प्रहार विपक्षी रक्षक गगानी सेल्लाप्परुपेगेको खुट्टामा लाग्दा बलले जाली चुमेको थियो ।

गलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको थियो ।

नेपाल बिहीबार अर्को फराकिलो जितको लक्ष्यमा छ ।

 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं