श्रावण ३, २०८२ शनिबार | १२:३५:२०
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने

श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो

साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध बल अगाडि बढाउँदै नेपाली स्ट्राइकर पूर्णिमा राई, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिपको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार बंगलादेशको राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’मा सम्पन्न प्रतियोगिताको सातौं खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गर्यो । नेपालको जितमा कुसुम खतिवडा र समीक्षा मगरले समान दुई गोल गरे । त्यस्तै पूर्णिमा राई, सरीता नाथ र कप्तान विर्सना चौधरीको नाममा एक गोल रह्यो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको हो । जितसँगै चार खेलमा ९ अंक जोडेको नेपाल गोल भिन्नतामा बंगलादेशलाई पछाडि पार्दै हालका लागि तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको १५औं मिनेटमा स्ट्राइकर पूर्णिमाले नेपाललाई अग्रतामा ल्याइन् । राइट साइडबाट अट्याकिङ मिडफिल्डर सेनु परियारको कटब्याकलाई विपक्षी रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा पूर्णिमाले त्यसको फाइदा उठाएकी हुन् । सुरुमा पूर्णिमाको हेडर क्रसबारमा लागेर फर्किएको थियो । दोस्रो प्रयासमा उनी सफल भइन् ।

 साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध उत्रिएको नेपालको पहिलो रोजाई, तस्वीर सौजन्यः एन्फा ।

३५औं मिनेटमा कुसुमको गोलमा नेपालले अग्रतालाई दोब्बर बनायो । स्ट्राइकर मीनाले दोस्रो बारमा प्रहार गरेको बल विपक्षी रक्षकसँग अल्झिँदै कुसुमको खुट्टासम्म पुगेको थियो । प्राप्त अवसरमा कुसुमले कुनै पनि गल्ती गरिनन् ।

पहिलाे हाफ सकिन दुई मिनेट बाँकी रहँदा नेपालले तेस्रो गोल गर्यो । अघिल्लो खेलमा फ्रिकिक गोल गरेकी सरीताले यसपालि पनि फ्रिकिक अवसरलाई सदुपयोग गरिन् । करिब २५ यार्ड परबाट सरीताले गरेको प्रहारलाई गोलकिपर थारुसिका डोडामगोजेले राम्ररी ’जज’ गर्न सकिनन् । यसअघि सेनुलाई विपक्षी खेलाडी कुभेथा थायापरणले फउल गरेपछि नेपालले सेटपीस अवसर पाएको थियो ।

दुई मिनेट पनि बित्न नपाउँदै कुसुमले व्यक्तिगत दोस्रो गोल गरिन् । बक्स बाहिरबाट कुसुमले गरेको फितलो प्रहार विपक्षी रक्षक गगानी सेल्लाप्परुपेगेको खुट्टामा लाग्दा बलले जाली चुमेको थियो ।

६३औं मिनेटमा फरवार्ड सन्धुनी गुल्वीटेगेको प्रहारलाई नेपाली लेफ्ट ब्याक गोमा रोक्काले ‘गोल लाइन क्लियरेन्स’ गर्दा श्रीलंका गोल गर्नबाट बञ्चित रह्यो । सुन्धीले बललाई पोस्टको दिशा दिनुअघि नेपाली गोलकिपर लिला जोशीलाई छक्याएका थिए । तीन मिनेटपछि उल्टै नेपालले गोल थप्यो ।

बलका लागि संघर्षः साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकन खेलाडीसँग बल खोस्ने प्रयासमा नेपाली स्ट्राइकर मीना देउवा, तस्वीर सौजन्यः एन्फा ।

बेन्चबाट मैदान प्रवेश गरेकी नियमित कप्तान विर्सना (चौधरी)ले पेनाल्टीमा गोल गरिन् । बेन्चबाटै आएकी मिडफिल्डर समीक्षा (मगर)लाई विपक्षी खेलाडी डुलिनी आराकिलाजेले लडाएपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो ।

६९औं मिनेटमा सरीताको लामो दूरीको प्रहार क्रस बारमा लागेर फर्कियो । पाँच मिनेटपछि त्यही कथा दोहोरियो । तर, यसपाली बक्सभित्र समीक्षा उपस्थित थिइन् । रिबाउन्ड बलमा समीक्षाले वान टचमा बललाई जाली चुमाइन् ।

छैटौं गोल गरेको पाँच मिनेटपछि नेपालले अर्को गोल थप्यो । यसपालि पनि समीक्षाकै रवाफ नेपाललाई आवश्यक रह्यो । मिडफिल्डर सुशीला केसीले राइट साइडबाट दिएको सुन्दर क्रसलाई बक्सभित्र दुई खेलाडीबाट घेरिएकी समीक्षाले चलाखीपूर्ण ढंगमा सदुपयोग गरिन् ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा नेपालले थप एक गोल गर्ने सुनौलो मौका खेर फाल्यो । मैदान प्रवेश गरेको दुई मिनेट पनि बित्न नपाउँदै स्ट्राइकर वर्षा ओलीले पेनाल्टी जितेकी थिइन् । तर, सुशीलाको पेनाल्टी प्रहार गोलकिपर थारुशिकाले बचाइन् ।

मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई ७–० कै नतिजामा पराजित गरेको थियो ।

दिनको दोस्रो खेलमा बिहीबार भुटान र बंगलादेश आमने–सामने हुँदैछन् । खेल साँझ ६ः४५ बजे हुनेछ ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS