फाल्गुन २३, २०८२ शनिबार | ११:००:५२
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन

पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर

काठमाडौं । जोफ्रा आर्चर । चोट बोक्नु अगाडि यी तीव्र गतिका बलरको प्रशंसा गर्नेहरू कति धेरै थिए कति । तीव्र गतिको बलिङ विशेषता भन्नु नै के भने यो विधासँग चोट त्यसै जोडिएर आउँछ । तीव्र गतिका बलर घाइते भएनन् भने को हुन्छ त ? यस्तो पनि भनिन्छ । जतिबेला आर्चरले पहिलो पटक इङ्ल्यान्डका लागि खेल्न सुरु गरेका थिए । उनको खेल हेरेर प्रभावित नहुने साँच्चै कोही थिएनन् ।

डर जे थियो, पछि त्यही भयो । उनी घाइते भए । चोटले उनलाई लामै समय सतायो । डर त के सम्म पनि भइसकेको थियो भने कतै उनको पुनरागमन त रोकिने होइन ? कम्तीमा त्यस्तो भएन । भर्खरै इङ्ल्यान्ड र भारतबीच लर्डसमा भएको तेस्रो टेस्टका क्रममा उनले फेरि टिममा स्थान बनाए । स्थान मात्र बनाएनन्, इङ्ल्यान्डका लागि राम्रो पनि खेले । यस्तोमा प्रश्न छ, के आर्चर पुरानै बलर रहने छन् त ?

यसको उत्तर, सायद । चोटकै कारण उनी लगभग चार वर्ष टेस्ट क्रिकेटबाट टाढा रहे । लर्डसमा उनको प्रदर्शन वास्तवमै राम्रो रह्यो भन्दा हुन्छ । उनले पूरा खेलमा १ सय ७ रन खर्चेर ५ विकेट लिए । अहिले उनी ३० वर्षका भइसकेका छन्, तर उनको गति अझै पनि ९० माइल प्रतिघण्टा रहेको छ । यति गति लिँदा पनि उनले आफ्नो बलिङमा सटिकपन भने कायम राखेका छन् ।

उनीहरूले फिट रहेका आर्चरलाई सम्झे । उनी के आए, इङ्लिस टिममा ‘मिस’ भइरहेको एउटा भाग पूरा भयो ।

यही हो मुख्य कुरा । फेरि यो खेलमा इङ्ल्यान्ड विजयी भयो । यससँगै ५ टेस्टको शृंखलामा इङ्ल्यान्ड २-१ ले अगाडि र छ । आर्चर आफैंले पनि अब बाँकी दुई टेस्टमा खेल्ने इच्छा देखाएका छन् । अझ ठ्याक्कै भन्दा उनले आफू ती दुई टेस्ट खेल्न शारीरिक र मानसिक रूपमा सक्षम छु भन्न खोजेका छन् । सायद इङ्ल्यान्डलाई चाहिएको पनि त्यही हो । किनझने यही शृंखलाका क्रममा इङ्लिस बलिङ आक्रमणमा अनेक समस्या देखिए ।

भारतविरुद्ध बलिङ गर्दै जोफ्रा आर्चर । 

इङ्ल्यान्डसँग जति बलर उपलब्ध थियो, ती राम्रै थिए । तर भनेको समयमा भनेको विकेट निस्किरहेको थिएन । भारतीय ब्लाटरले इङ्लिस आक्रमणको डटेर मात्र सामना गरेनन्, खुलेर रन पनि बनाए । यस्तोमा इङ्लिस क्रिकेट टिमलाई चिन्ता हुने भयो नै । यस्तोमा उनीहरूले फिट रहेका आर्चरलाई सम्झे । उनी के आए, इङ्लिस टिममा ‘मिस’ भइरहेको एउटा भाग पूरा भयो ।

अब चौथो टेस्ट ओल्ड ट्राफोर्डमा अर्को साता सुरु हुनेछ । त्यसमा खेल्न उनी फिट रहने छन् वा छैनन्, हेर्न भने बाँकी छ । लर्डसमा खेल्ने क्रममा धेरैले उनको त्यो एक ओभर पनि सम्झे, जसले इङ्ल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि दिलाएको थियो । त्यो खेल न्युजिल्यान्डविरुद्ध थियो र उनकै ओभरमा टिकेर इङ्ल्यान्डले त्यो विश्वकप जितेको थियो ।

इङ्ल्यान्ड कप्तान बेन स्टोक्सले आर्चरबारे ठीकै भनेका छन्, ‘जति बेला उनी बलिङका लागि तयार हुन्छन् र दौडिन सुरु गर्छन्, आमदर्शकमा खुसी र सनसनी देख्न सकिन्छ । पूरा स्थिति नै बेग्लै हुने गर्छ । लर्डस टेस्टकै क्रममा उनको प्रदर्शन राम्रो रह्यो भन्दा हुन्छ । उनले आफ्नो टिमका लागि मज्जाले जिम्मेवारी निर्वाह गरे । उनले हाम्रा लागि निर्णायक मोडमा विकेट लिए । हामीलाई चाहिएको प्रदर्शन त्यस्तै हो ।’

भारतसँग विकेट लिएपछि खुसीयाली मनाउँदै जोफ्रा आर्चर (दायाँबाट दोस्रो) ।