काठमाडौं । मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा शुक्रबार १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजासँगै ६ खेलमा १४ अंक जोडेको मछिन्द्र शीर्ष स्थानमा कायम छ । चर्च ब्वाइज समान खेलबाट सात अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रका लागि राहुलकुमार योञ्जन तथा चर्च ब्वाइजका लागि सुशन थापामगरले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा राहुलको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो ।
सुशनले ७८औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS