काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच सहकार्य भएको छ । यो सम्झौतासँगै आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं भएको छ ।
योसँगै प्रतियोगिता दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमै बस्नेछन् । सम्झौता पत्रका कर्णाली याक्स स्पोर्ट्स प्रा.लिका प्रतिनिधि र हिल्टन होटलका प्रतिनिधिबीच हस्ताक्षर गरे ।
२०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले उत्साहजन सहभागिताको लागि प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।
अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको छ ।