श्रावण ३, २०८२ शनिबार | १२:५५:२१
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने

सावित्राको उडान अस्ट्रेलियन लिगतिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी अर्थात साम्बाले व्यावसायिक फुटबल करिअरमा सफलताको अर्को कथा लेखेकी छन् ।

न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबले २०२५/२६ सिजनका लागि सावित्रालाई अनुबन्ध गरेको जनाएको छ । न्युजिल्यान्डको टोली भए पनि वेलिंगटनले अस्ट्रेलियाको शीर्ष डिभिजन ‘ए’ लिग खेल्ने गर्छ ।

बिहीबार वेलिंगटनले सामाजिक सञ्जाल फेसबुकमार्फत सावित्रालाई क्लबमा अनुबन्ध गरेको जानकारी गरायाे । जसबाट अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समर्थकमा खुसियाली छाएको छ ।

अस्ट्रेलियामा पाँच लाखको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

डेढ वर्षअघि सावित्रा फ्रान्सेली शीर्ष डिभिजन लिगको शीर्ष डिभिजनको क्लब एन भान गेङगाङ्पमा अनुबन्ध भएकी थिइन् । फ्रान्समा सावित्राले दुई सिजन बिताइन् । त्यसअघि सावित्राले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् । नेपालमा  विभागीय टोली एपिएफ एफसीबाट खेल्दै आएकी सावित्रासँग माल्दिभ्स र भारतीय लिग खेलेको अनुभव पनि छ ।

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले ५७ खेल खेल्दा ६६ गोल गरेकी छन् । दक्षिण एसियाली महिला फुटबलमा सावित्रा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।

नेपालले भर्खरै मात्र सावित्राको कप्तानीमा एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेको थियो । उज्वेकिस्तानको राजधानी तास्केन्दमा सम्पन्न प्रतियोगितामा समूह ‘एफ’को उपविजेतामा सीमित भएपछि नेपाल अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करण खेल्नबाट बञ्चित भएको थियो । 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS