श्रावण २, २०८२ शुक्रबार | ०३:३६:११
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य

त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा स्कटल्यान्डविरुद्ध नेपाली बलर ललित राजवंशी, तस्वीर सौजन्यः क्यान ।

काठमाडौं । ओपनर जोर्ज मुन्सेको अर्धशतकीय पारीप्रेरित घरेलु टोली स्कटल्यान्डले त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको निर्णायक खेलमा नेपालसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार टिटउट रंगशालामा टस जितेर ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले २० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १९३ रनको योगफल खडा गरेको हो । स्कटल्यान्डका लागि मुन्सेले ३९ बलमा पाँच चौका र ६ छक्कासहित ७९ रनको पारी खेले । यस्तै ब्याटिङ अलराउन्डर ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे ।

यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए । छैटौं विकेटका लागि ४८ रनको साझेदारी गरेका दुबै अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले दुई ओभरमा २० रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक विकेट हात पारे ।

नेपालले चौथो ओभरको दोस्रो बलमा पहिलो विकेट हासिल गरेको थियो । ओपनर मार्क वाट रुपेशको बलमा बोल्ड भए । त्यसपछि आएका म्याकमुलनले मुन्सेसँग मिलेर एक सय रनको साझेदारी गरे । स्कटल्यान्डले दोस्रो विकेटका रुपमा मुन्सेलाई गुमायो । बलिङको पहिलो ओभरमै कुशलले नेपाललाई ब्रेक थ्रु दिलाए । शतकीय पारीतर्फ अग्रसर मुन्सेलाई कुशलले १३औं ओभरको चौथो बलमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।

स्कोरबोर्डमा दुई रन बढ्न नपाउँदै म्याकमुलन १४औं ओभरको पहिलो बलमा सन्दीपबाट बोल्ड भए । थप ९ रन जोड्न नपाउँदै दुई खेलाडी पेभिलियन फर्किए । १५औं ओभरको पहिलो बलमा मध्यक्रमका ब्याटर फिनले म्याकक्रियथ ललितको बलमा सन्दीपबाट क्याच भए । उनले मात्र एक रन जोडे । कप्तान रिची बेरिङटन भुर्तेलको दोस्रो ओभरमा लोकश बमबाट क्याच भए । उनले ९ रनबाहेक बढी बनाउन सकेनन् ।

तीन खेलमा चार अंक जोडेको नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ । तालिकाको पुछारमा रहेको स्कटल्यान्डले समान खेलमा चार अंक जोडेको छ । स्कटल्यान्डलाई पराजित गरे नेपालले शृंखलाको उपाधि जित्नेछ । उता नेपालभन्दा राम्रो नेट रनरेट भएका कारणले स्कटल्यान्डलाई पनि उपाधि जित्ने अवसर छ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले त्यसपछि स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराएको थियो । उता पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको स्कटल्यान्डले त्यसपछि नेपाल र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि अंकतालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach