असार ६, २०८२ शुक्रबार | १७:०५:४३
बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित बिच रग्बी प्रतियाेगिता आइतबार र साेमबार एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा स्मिथ र लाबुसेन अस्ट्रेलियन टेस्ट टोलीबाट बाहिर मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, प्रतीक्षा पहिलो पटक राष्ट्रिय टोलीमा पिएसजी बोटोफोगोसँग पराजित च्याम्पियन बन्ने लक्ष्यमा नेपाल इन्टर मियामीले पोर्टोलाई हरायो एट्लेटिको मड्रिडको पहिलो जित लगातार दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो, नेदरल्यान्ड्स ६ विकेटले पराजित

मलेसिया जाने यु-१६ क्रिकेट टोलीको बिदाइ

मलेसिया जानले यु-१६ क्रिकेट टोली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ।

बिदाइ कार्यक्रममा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का, केन्द्रिय सहस्य छुम्बी लामालगायतको उपस्थिति थियो ।

टोलीका प्रशिक्षक दिपेन्द्रबहादुर चन्दले जसरी पनि उपाधि जित्ने बताए । ‘प्रशिक्षणका लागि कम समय पाए पनि खेलाडीले एक महिनादेखि जिल्लास्तरिय हुँदै राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा सहज भएको छ । सबै जान फिट छन् । सन्तुलित टोली रहेकाले राम्रो प्रदर्शन हुनेमा विश्वस्त छु । हामी उपाधि लिएर फर्किने छौं,’ प्रशिक्षक चन्दले भने ।

कप्तान पिपिनप्रसाद शर्माले पनि तयारी धेरै राम्रो भएको बताउँदै टिम एकदम सन्तुलित रहेको उल्लेख गरे । ‘पछिल्लो समय खेलाडी विभिन्न प्रतियोगितामा व्यस्त रहे । सबै उत्कृष्ट लयमा छन् । हाम्रो तामेल पनि मिलिरहेको छ । त्यसैले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं भन्ने विश्वास छ,’ कप्तान शर्माले भने ।

नेपाली टोली शुक्रबार राति मलेसिया प्रस्थान गर्दैछ । एसिसी यु-१६ इस्ट जोन कप जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा हुँदैछ ।

नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणको फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।

यस संस्करणमा यी दुईसहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका खेल सेलान्गोर टर्फ क्लब, केटिजे ओभल र युएसडी-युकेएम ओभलमा हुनेछ।

समूह ‘ए’ मा रहेको  नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानको सामना गर्नेछ ।

नेपाली टोली
विपिनप्रसाद शर्मा (कप्तान), रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी, शूर्यान्सु कोइराला (उपकप्तान), जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाईं (विकेटकिपर) ,सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, परिमर्जन यादव (विकेटकिपर), रोशन साही 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team